Wednesday, June 7, 2023

नगरस्तरिय भलिवल : तेस्रो दिन ६ खेल सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बागमती–बागमतीमा जारी नगरस्तरिय भलिवल प्रतियोगिताको तेस्रो दिन ६ वटा खेल सम्पन्न भएको छ ।

बिहिवार बागमती नगरपालिका–१, मिलनचोक मगर गुम्बा नजिकैको मैदानमा ४ वटा क्वाटर फाईनल र दुई वटा सेमिफाईनल खेल सम्पन्न भएको हो । पहिलो आजको क्वाटर फाईन खेलमा रामनगर यूवा क्लवलाई पराजित गर्दै सिरसिया यूवा क्लव र दोस्रो खेलमा बसन्तपुर यूवा क्लवलाई पराजित गर्दै सिरसिया यूवा क्लव विजयी बनेको छ ।

यस्तै खेलको तेस्रो क्वाटर फाईनल खेलमा आयोजक मिलनचोक यूवा क्लवलाई पारजित गर्दै बाराको खैरा यूवा क्लव विजयी बन्यो । भने, चौथो खेलमा सिरसिया यूवा क्लवलाई पराजित गर्दै आयोजक मिलनचोम यूवा क्लव (वि) टिम बिजयी भएको हो ।

यस्तै खेल अन्तरगत पहिलो सेमिफाईनल खेलमा चन्द्रनगरको बड्कुरवा र बाराको खैरा यूवा क्लव विच प्रतिस्पर्धा भएको थियो । बाराको खैरालाई सोझो सेटमा पराजित गर्दै चन्द्रनगरको बड्कुर्वा फाईनलमा प्रवेश गरेको छ । भने, आजै भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक (बि) टिमलाई सोझो सेटमा पराजित गर्दै एभरेष्ट एकेडेमी लालबन्दी फाईनलमा प्रवेश गरेको छ ।

यसैविच आजको खेलमा सिरसिया भरत यादव, मिलनचोकका दिपन राना, सिरसियाका अनिल यादव, बड्कुर्वाका राम निवास चौधरी र एभरेष्ट एकेडेमीका रोशन चौधरी म्यान अफ द म्याच घोषित भए । उनीहरुले ट्रफि र पुरस्कार हातपारेका आयोजकले जनाएको हो ।

प्रतियोगिता अन्तरगत फाईनल खेल शुक्रवार दिउसो २ बजेबाट सुरुहुने आयोजकले जनाएको हो । फाईनलमा चन्द्रनगरको बड्कुर्वा यूवा क्लव र लालबन्दीको एभरेष्ट एकेडेमी विच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा प्रि क्वाटर फाईनल र क्वाटरफाईन खेल बेष्ट अफ थ्रि र सेमिफाईनल खेल बेष्ट अफ फाईवमा खेलाईएको थियो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित सुरु भएको भलिवल प्रतियोगिताका विजेताले नगद ३५ हजार र उपविजेता नगद २० हजार सहित कप, मेडल, प्रमाण पत्र हातपार्ने छन् । प्रतियोगितामा उत्कृष्ठ खेलाडिले विधागत पुरस्कार प्राप्त गर्ने आयोजक मिलनचोक यूवा क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए ।

गत मंगलवारबाट सुरुभएको प्रतियोगितामा सर्लाही सहित बारा र रौतहटको गरेर १८ वटा टिम सहभागि भएका थिए । खेल प्रमुख रेफ्रिका रुपमा प्रमोद चौधरी र सहायक रेफ्रिका रुपमा शोर सिङ गूरुङले खेलाएका थिए ।

क्लवका अध्यक्ष रुपाखेतीको अध्यक्षतामा भएको खेलमा जेष्ठ नागरिक तम् बहादुर थापा प्रमुख अतिथि रहेका थिए । भने, युवा ब्यवसायी उमेश बाँनिया, लेख बहादुर बुढाथोकी, नन्द सिंङ गुरुङ, धनबहादुर आले, दिपक बहादुर थापा लगाएतको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...