Wednesday, June 7, 2023

नगरस्तरिय भलिवलको उपाधि एभरेष्ट लालबन्दीको पोल्टामा

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बागमती–सर्लाहीको बागमतीमा सम्पन्न नगरस्तरिय भलिवल प्रतियोगिताको उपाधि एभरेष्ट एकेडेमी लालबन्दीले जितेको छ ।

शुक्रवार सम्पन्न प्रतियोगिता अन्तरगतको फाईनल खेलमा चन्द्रनगरको बड्कुर्वालाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्ट एकेडेमी लालबन्दीले उपाधि जितेको हो । पहिलो २५–२० र दोस्रो सेट २५–२२ जितेको एभरेष्टले तेस्रो सेट भने १८–२५ ले बड्कुर्वालाई जिम्मा लगाएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा २७–२९ ले बड्कुर्वालाई पराजित गर्दै एभरेष्ट विजयी बन्यो ।

जित सगैँ एभरेष्ट एकेडेमी लालबन्दीले ३५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने, पराजित हुदै उपविजेता बनेको बड्कुर्वाले २० हजार, शिल्ड, मेडल र प्रमाण पत्रमा चित्तबुझायो । कार्यक्रमकी विशिष्ठ अतिथि लिला कुमारी मोक्तानले विजयी टिमलाई उपाधि हस्तान्तरण गरेको क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए ।

गत मंगलवारबाट बागमती नगरपालिका–१, मिलनचोक मगर गुम्बा नजिकैको मैदानमा आयोजित प्रतियोगितामा सर्लाही, रौतहट र बाराका गरी १८ वटा टोली सहभागि भएका थिए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित मिलनचोक स्पोर्टस क्लवले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको बेष्ट प्लेयर आयोजकका बिशाल थापा मगर, बेष्ट स्पाईकर एभरेष्ट एकेडेमीका अभिषेक चौधरी, बेष्ट डिफेन्डर बड्कुर्वाका लिब्रो रोहन चौधरी र उदियमान खेलाडिको उपाधि आयोजकका मन्दिप रानाले हातपारेका मिलनचोक यूवा क्लवका सचिव सुन्दर रानाले जानकारी दिए ।

फाईनल पहिला महिला टोली विच मैत्रीपुर्ण भलिवल खेल सम्पन्न गरिएको थियो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा आम जनता पार्टिका केन्द्रिय सदस्य दिपक कुमार राणाभाट, बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भिर सिंह पाख्रिन, ११ का वडाध्यक्ष प्रदिप आचार्य, १२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ लगाएतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजिवी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि लगाएतको आतिथ्यता समेत रहेको खेलकुद संयोजक सुरेन्द्र आलेले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...