हरिवन-पार्टीको संगठन सुदृढीकरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रले सर्लाहीको हरिवन ८ मा वडा भेला गरेको छ।
शनिवार नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य सावित्रा बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको भेलाले माओवादी केन्द्रको वडा कमिटी पुनर्गठन गरेको छ। भेलाले हरि निरौलाको अध्यक्षतामा माओवादी केन्द्रको २९ सदस्यीय वडा समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा जयराम नेपाली, रोहित पोखरेल र दुर्गा नारायण श्रेष्ठ, सचिवमा शर्मीला लुंगेली, सहसचिवमा दिनेश गौतम र कोषाध्यक्षमा शर्मीला विक चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा प्रेमराज दाहाल, गोकर्णराज बस्नेत, तारा बलंपाकी, ललिता निरौला, सुरेन्द्र घिमिरे, टेकबहादुर आले, शंकर श्रेष्ठ, निरा श्रेष्ठ, दिपक पौडेल, सुधा बिक, गोविन्द पौडेल, राजकुमार चौलागाईं, स्वस्तिका पोखरेल, अर्जुन श्रेष्ठ, तिलक भण्डारी, सन्तोष चौहान, डलाराम परियार, आशा गौतम लगायत चयन भएका छन्।
कार्यक्रममा माओवादी केन्द्रका बैकलल्पिक केन्द्रीय सदस्य लुमडि धिमाल, माओवादी नेताहरु राजकुमार यादव, देवानन्द महतो, अर्जुन पन्त, तुलसी पौडेल, नवीन थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।