Wednesday, June 7, 2023

दमकल संचालनको बिषयमा भएको गलत हल्लाको पछि नलागौ : मेयर बुढाथोकी (भिडियो सहित)

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

हरिवन–दमकल संचालनका बिषयमा भएका गलत अफवाहको पछि नलाग्न हरिवन नगरपालिकाले आग्रह गरेको छ ।

शुक्रवार नगरपालिका सभाहलमा संचारकर्मीहरु सगँ कुरा गर्दै मेयर रमेश बुढाथोकी (कमल)ले दमकल संचालन लगाएतका बिषयमा आएका हल्लाको पछि नलाग्न अनुरोध गरे । गत शनिवार हरिवन नगरपालिका–११, निवासी बद्रि न्यौपानेको घरमा बिद्युत सर्ट भएर एक्कासी आगलागी भएको थियो ।

लगतै पुगेको हरिवन नगरपालिकाको दमकलमा प्राविधिक समस्या पछि मेसिनले पानी नफालेको र आगलागीबाट न्यौपानेको घर जलेर नष्ट भएको थियो । घटना स्थलपुगेको दमकलले पानी नफाले पछि जम्मा भएका स्थानीयले दमकल र काम गर्ने नगर प्रहरी माथिनै ढुंगामुढा गरेका थिए । सोही क्रममा ईलाका प्रहरी कार्यलय हरिवनमा एक प्रहरी घाईते समेत भए ।

उक्त घटना पछि दमकल चालु हालतमा नराखेको, अन्य सवारी चालकलाई दमकल संचालन गर्न दिएको लगाएतको अफवाह सहित सामाजिक संजालमा टिक्का टिप्पणी भएको थियो । सोही कुरालाई लिएर मेयर बुढाथोकीले संचारकर्मी सगँ कुराकानी गरेका हुन् । कुराकानी गर्दै मेयर बुढाथोकीले सामाजिक संजालमा आएको जस्तो लापर्वाही नगरले नगरेको दावी गरे ।

यस पहिलाका दमकल चालकले बैदेशिक रोजगारीको लागि भन्दै राजिनामा दिएपछि नगरले अर्को चालक नियूक्त गरेको उन्ले बताए । यस पहिलाको दक्ष भनिएका चालकले बर्षौ देखी विना लाईसेन्स दमकल संचालन गरेको समेत खुलेको छ । बर्षौ देखी दमकल चालकमा नियूक्ती पाएका उन्ले २०७८ साल अन्तिम तिरमात्र दमकल चलाउने अनुमती पाएको फेलापरेको छ।

हाल नियूक्त रहेका दमकल चालक बर्षौ देखी दुबई, मलेसिया लगाएतका बिदेशमा ठुला सवारी र बारुणयन्त्र चलाएर फर्किएका अनुभवी चालक रहेका उन्ले दावी गरे । कुराकानीको क्रममा मेयर बुढाथोकीले आगलागीबाट ठुलो धनमाल क्षती भएको भन्दै दुख समेत ब्यक्त गरे । उन्ले पिडितलाई नगरको विपद्कोष र प्रदेश बिपद्कोषबाट समेत राहतको ब्यवस्थागर्ने कुरामा नगर लागिपरेको बताए ।

पिडित परिवारको घर निर्माणमा सहयोग पुग्ने गरी नगरले डिभिजन वनमा काठको लागि सिफरिस गरेर पठाएको जानकारी दिए । दमकल मेसीनरी सामान भएकोले कुन बेला समस्या आउछ ? भन्ने थाहाँ नहुनले उन्को तर्क थियो । तर, पनि यस घटनाबाट सामान हरेक पटक परिक्षण गर्नुपर्ने रहेछ भन्ने सिकाई भएको उन्ले बताए ।

दमकल मानविय सम्बेदना सगँ जोडिने कुरा भएकोले दिन्न वा चलाउदिन भन्न नसकिने उन्को भनाई छ । पछिल्लो समय जिल्लाका २० पालिकामा भएको आगलागीका घटनामा दौडिनु पर्दा समस्या भने आएको उन्को भनाई छ । हाल नियूक्त रहेका चालकले यस पहिला पनि जिल्ला तथा बाहिर २६ स्थानमा दमकल संचालन गरेर आगो नियन्त्रणमा लिएका नगरको रेकर्डमा उल्लेख छ ।

दमकल अत्यन्त खर्चिलो भएको र सबैठाउँमा पुगेर सेवा दिनुपर्ने बाध्यताले गर्दा विभिन्न पालिका सगँको सहकार्यमा सहज ढंगले संचालन गर्ने प्रयास गरिएको मेयर बुढाथोकीले जानकारी दिए । आगामि दिनमा यस्ता घटना नहोस भन्नेमा नगर सचेत रहेको समेत उन्ले बताए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...