Wednesday, June 7, 2023

भ्रष्टचार बिरुद्वको काम प्राथमिकतामा छ : उपप्रधान मन्त्री श्रेष्ठ

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

भ्रष्टाचार र भ्रष्टाचारी बिरुद्वको कामलाई गृह मन्त्रालयले प्राथमिकतामा राखेको उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

शनिवार सर्लाही आईपुग्नु भएका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठले बागमती नगरपालिका–११, स्थित नमुना पहरी बस्ती उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । गृह मन्त्रालयले देशमा हुने हरेक किसिमका भ्रष्टाचार र विभेदमा संलग्न बिरुद्वका कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए ।

उपप्रधान मन्त्री श्रेष्ठले कार्यक्रमका विच नमुना पहरी बस्तीका १३ परिवारलाई घरको साचो हस्तान्तरण गरेका थिए । नदि किनार तथा वन क्षेत्रमा अब्यवस्थित रुपमा बसोवास गर्दै आएका पहरी परिवारलाई प्रदेश सरकारको केही र बागमती नगरपालिकाको लागतमा एक करोड ५३ लाख लागतमा १३ वटा पक्कि घर निर्माण गरेर हस्तान्तरण गरिएको नगरपालिकाले जनाएका हो ।

पक्कि घर पाएका पहरी परिवार खुसी भएका थिए । बागमती–११, स्थित हरिहर सामुदायिक बन क्षेत्रमा बस्ने उनीहरु नेपालको लोप उन्मुख जाती मध्यका एक हुन् । यसरी लोप उन्मुख जातीको संरक्षणमा नगरले देखाएको तदारुक्ताको उपप्रधान मन्त्री श्रेष्ठले प्रशंसा समेत गरे । बसोवास सगैँ उनीहरुको जिविकोपार्जनमा समेत ध्यानदिन उन्ले आग्रह गरे ।

उक्त बस्तीमा ७० जनाको संख्यामा पहरी परिवार बस्दै आएका छन् । त्यसमध्य केही नगरपालिकाले निर्माण गरिरहेको फनपार्कमा रोजगारीमा समेत संलग्न रहेका छन् । केहीले भने बागमती नदिमा माछा मार्ने र त्यसबाट दैनिकी गुजार्ने गरेका स्थानीयको भनाई छ । यस लोपउन्मुख जातीको संरक्षणमा नगरले बिषेश ध्यान दिएको मेयर भरतकुमार थापाले जानकारी दिए ।

उपप्रधान मन्त्री श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा हुने भ्रष्टाचार, मिटर ब्याज र दलित तथा महिला माथि हुने विभेद सह्य नहुने बताएका छन् । यस बिरुद्व गृहमन्त्रालय निर्मम ढंगले लागेको उन्को भनाई थियो । उन्ले सुरक्षा निकायलाई आम नागरिकको पहुचमा पुगेर सेवा दिने गरी कार्य प्रद्धती परिवर्तन गर्न बिषेश निर्देशन दिएको समेत उल्लेख गरे ।

‘हामीले नेपाल प्रहरी लगाएतका सुरक्षा संयन्त्रलाई बिषेश निर्देशन दिएका छौँ ।’ उन्ले भने, ‘त्यो भनेको केहो भने, आम जनताको पहुचमा पुगेर सेवा प्रवाह गर्नु भनेको हो । कोही सेवाग्राही सेवा लिन आउदा उनीहरुले समन्वय गर्न नजानेका बिषयमा सहयोग गर्नु भनेका छौँ ।’ श्रमीक, गरिव, निमुखा पहुच नभएका जनतालाई पहिलो प्राथमिकता दिन समेत उन्ले आग्रह गरे ।

सेवा लिन जादा कुनै किसिमको विभेद भए वा आफुना कुरा सुनुवाई नभए तत्काल उजुरी गर्न समेत उन्ले आग्रह गरे । त्यस अनुसार कामगर्ने गृह मन्त्रालयले तयारी गरेको बताए । सम्बोधनका क्रममा उन्ले मिटिर ब्याजी बिरुद्ध मन्त्रालय कडारुपमा प्रस्तुत भईरहेको उन्को भनाई छ । सोही बिषयमा आईतवार जनकपुरमा कार्यलय स्थापना गरिने समेत जानकारी दिए ।

नमुना पहरी बस्ती उद्घाटन पछि उपप्रधान तथा गृह मन्त्री श्रेष्ठ पहरी परिवार सगँको सहभोजमा सरिक भएका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...