Wednesday, June 7, 2023

ठुलो परिमाणमा लागु औषध सहित दुई पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बरहथवा-सर्लाही प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित दुई यूवकलाई पक्राउ गरेको छ ।

शनिवार ईलाका प्रहरी कार्यलय बरहथवाले पत्रकार सम्मेलनको आयोजना गरी लागु सहित पक्राउ परेका दुई यूवकलाई सार्वजनिक गरेको हो । गत बिहिवार साझ बरहथवा नगरपालका–५, स्थित सडक खण्डबाट ठुलो परिमाणमा लागु औषध सहित गोेडैता नगरपालिका–११, निवासी २२ बर्षका अजय सहनी र वडा नम्बर ८, का ताज बाबु दर्जी पक्राउ परेका थिए ।

सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा मधुवनबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाट उक्त लागु औषध सहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बरहथवाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । पक्राउ परेका मध्य सहनी उक्त बसको सहचालक र अर्का अभियूक्त दर्जी बसका कण्डक्टर रहेको खुलेको छ ।

चेकजाँचको क्रममा सहनीले बोकेको निलो रंगको ब्यागबाट सय एम.एलको कोडिवयल कफ सिरफ ८९ बोटल, नोफिन २ एम.एलको एम्पुल ९१ पिस, डाईजेपाम २ एम.एलकोे एम्पुल ९१ पिस, फेनेरागन २ एम.एलकोे एम्पुल ९२ पिस, २७४ पिस, नाईट्राभेट–१०, २० पत्ता प्रतिपत्ता १५ ट्याब्लेटका दरले तिन सय ट्याब्लेट, निटाज कियर–१०, ९० पत्ता प्रति पत्ता १० ट्याब्लेटका दरले नौ सय ट्याब्लेट र एक थान स्कृन टचँ मोवायल फोन बरामद भएको छ ।

यस्तै दर्जीले बोकेको ब्यागबाट कोडिवयल कफ सिरफ लेखिएको सय एम.एलको बोटल ९८ पिस र एक थान स्कृन टचँ मोवायल फोन बरामद भएको प्रहरीले जनाएको हो । दुवै जना बिरुद्व लागु औषध ओसारपसार मुद्वामा अनुसन्धान सुरु गरेको ईला प्रहरी कार्यलय बरहथवाका डिएसपी मिश्रले जानकारी दिए । यात्रु बसमा लागु औषध ओसारपसार भईरहेको सुराकी पाएपछि सशस्त्र प्रहरी बेस क्याम्प सुन्दरपुर चोहडवा र ईलाका प्रहरी कार्यलय बरहथवाको सम्यूक्त प्रहरी टोलीले बस रोकेर खानतलासी गरेका थिए ।

यसरी लागु औषध बरामद भएको घटनाले लागु औषध तस्करीको अवस्था भयावह रहेको देखिएको प्रहरी अधिकारीको भनाई छ । पछिल्लो समय सर्लाही प्रहरीले समेत जिल्लामा लागु औषधको प्रयोग र तस्करीलाई लिएर कडाई गरेपछि तस्करीमा सम्लग्नहरु पक्राउ पर्न थालेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...