Wednesday, June 7, 2023

सर्लाहीको बागमतीमा अस्थाई प्रहरी चौकी स्थापना

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सर्लाहीको बागमती नगरपालिकामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।

बुधवार एक कार्यक्रमका विच बागमती नगरपालिका–१०, शंकरपुरमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको हो । स्थापना गरिएको चौकीको मधेश प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहले उद्घाटन गरे । तत्काललाई शंकरपुरको सोल्टी बजार नजिकै रहेको साना किसान कृषि सहकारी संस्थाको भवनमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

अस्थाई प्रहरी चौकी उद्घाटन गर्दै प्रदेश सभा सांसद कुशवाहले नागरिकले शान्ति सुरक्षा र अमनचयन महसुस गर्ने अवस्था सृजना हुने बताए । द्वन्द्वकालमा उठेर गएको प्रहरी चौकी लामो समय स्थापना हुन नसक्दा यस क्षेत्रमा सुरक्षा चुनौती थपिएको थियो । बागमती नगरपालिकाकै ठुलो बजार सोल्टीमा प्रहरीको उपस्थिती कम्जोर बन्दा पटक पटक चोरी र लुटपाटको घटना हुने गरेका थिए ।

चोरी तथा लुटपाटका घटनाबाट आजित स्थानीय, ब्यापारी, राजनीतिक दल तथा जनप्रतिनिधि समेतको अथक प्रयासमा शंखरपुरमा चौकी पुनः स्थापना भएको हो । सोही कार्यक्रममा बोल्दै बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले नगरको सुरक्षामा अस्थाई प्रहरी चौकी शंकरपुरको महत्वपुर्ण भुमिका रहने बताए । नागरिकको जिउ धनको रक्षामा लाग्न समेत प्रहरीलाई मेयर थापाको आग्रह थियो ।

चौकी स्थापना पछि शान्ती सुरक्षा कायमहुनेमा स्थानीय बिस्वस्त देखिएका छन् । यस क्षेत्रमा प्रहरी चौकी नहुदा कुनै वित्तिय संस्थाहरुले सेवा संचालन गर्न मानेका थिएन्न । जस्ले गर्दा स्थानीयले बैक तथा बित्तिय सेवा लिन कोसौँ टाडा जानुपर्ने बाध्यता रहेको थियो । यो सगैँ शंकरपुर क्षेत्रमा बैकले समेत सेवा संचालन गर्ने तयारी गरेको छ ।

कार्यक्रमका अधिकांश बक्तहरुले प्रहरी र स्थानीय नागरिकको समन्वयमा मात्र सुरक्षा ब्यवस्था मजवुत हुनेमा जोड दिएका थिए । बागमती नगरपालिका–८, का वडाध्यक्ष डम्बर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्थाई प्रहरी चौकीको लागि भवन उपलब्द गराउने सहकारी संस्थाका अध्यक्ष भुपेन्द्र मान श्रेष्ठले स्वागत मन्तब्य राख्नु भयो । यस अस्थाई प्रहरी चौकीमा असईको कमाण्डमा प्रहरी टोली तैनाथ रहने छन् ।

कार्यक्रममा आमजनता पार्टीका केन्द्रिय सदस्य दिपक कुमार रानाभाट, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, नेपाल प्रहरीका एसपी नरेशराज सुवेदी, उप अनुसन्धान निरिक्षक सन्तोष ढुंगेल, नेकपा एमाले नेता गोकुल बस्नेत लगाएतको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...