Wednesday, June 7, 2023

हुलाकी सडक निर्माण समन्वय बैठक सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

मलंगवा-जिल्ला स्थित हुलाकी सडक निर्माण सम्बन्धी प्रगती समन्वय बैठक सम्पन्न भएको छ ।

बिहिवार जिल्ला प्रशासन कार्यलय सर्लाहीको सभाहलमा बैठक सम्पन्न भएको हो । जिल्ला समन्वय समिति सभापती कौशल किसोर सिहंको प्रमुख आतिथ्यतामा प्रगती समन्वय बैठक सम्पन्न भएको बैठकको अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले जानकारी दिए ।

बैठकले हुलाकी सडक निर्माण प्रगती तथा समन्वय लगाएत विभिन्न विषयमा ६ बुदे निर्णय समेत गरेको छ । बैठकबाट मलंगवा नगरपालिका स्थित राज श्री सिनेमा घर देखी कृष्ण चोक सम्म हुलाकी सडक साईट कृलियर गराउने, पर्सा र ब्रह्मपुरी गाउँपालिका अन्तरगत हुलाकी सडकमा देखीएको विवाद समाधानमा जिल्लाका सुरक्षा प्रमुख, जिल्ला समन्वय समिति पदाधिकारी, एवं जनप्रतिनिधि टोलीले निरिक्षण पहल गर्ने समेत निर्णय गरेको छ ।

यस्तै बैठकबाट सडकमा प्लाई उद्योगहरुले प्लाईका सामान सुकाउने गर्दा दुर्घटना हुने जोखिम बढेकोले अनुगमन गर्ने, २०८० जेठ मसान्त सम्म राज श्री हल देखी टावर चोक सम्म नाला निर्माण सम्पन्न गर्ने तथा कृषि सडकहरुमा जथाभावी ट्रयाक्टर खेतमा ओराल्ने उकाल्ने गर्दा सडक भत्किने भएकोले स्थानीय तहलाई सूचना जारी गरी नियमनको लागि पहल गर्न लगाउने समेत निर्णय बैठकले गरेको छ ।

२०८० अषाढ १५ भित्र हुलाकी सडक कालोपत्रे समेत सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले बैठकमा प्रतिबद्धता जनाएको जिल्ला प्रशासन कार्यलले जनाएको हो । समन्वय बैठकमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदारथ साह, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको समेत आतिथ्यता रहेको थियो ।

यस्तै सशस्त्र प्रहरी उपरिक्षक तुलाबहादुर भण्डारी, उप अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार, हुलाकी राजमार्ग योजना प्रमुख कुष्ण कुमार महतो, निर्माण ब्यवसायी, विभिन्न पार्टी प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...