Tuesday, October 3, 2023

कांग्रेस नेतृ तथा पुर्व राज्य मन्त्री पण्डेको निधन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती– नेपाली कांग्रेसकी नेतृ तथा पुर्व राज्य मन्त्री मिना पाण्डेको निधन भएको छ ।

सर्लाहीको बागमती नगरपालिका–११, निवासी पाण्डेको मंगलवार ७२ बर्षको उमेरमा निधन भएको हो । नेतृ पाण्डे केही समय देखी क्यान्सर जन्य प्राणघातक रोगबाट पिडित थिईन् । पछिल्लो समय उन्को स्वास्थ्य अवस्था समेत सुधार भएको थियो । फेरी कलेजो लगाएत शरिरको अन्य भागमा समेत क्यान्सको संक्रमण देखिएको थियो ।

भारतको विभिन्न अस्पतालमा उपचार गर्दा समेत निको नभएपछि परिवारले नेतृ पाण्डेलाई घरमा चिकित्सकको निगरानिमा राखेका थिए । गत ४ दिन यता उन्को स्वास्थ्य अवस्था एक्कासी बिग्रीएको परिवारले बताए । पाण्डे जुझारु नेतृको रुपमा परिचित थिईन् । २००८ सालमा रामेछापको बेथानमा जन्मीएकी पाण्डेले पंचायत विरुद्धको संघर्षमा पटक पटक गरी करिव डेढ बर्षको जेल जिवन बिताईन् ।

नेतृ पाण्डे प्रत्यक्ष र समानुपातिक गरी ४ पटक प्रतिनिधि सभा सदस्य समेत बनेकी थिईन् । २०४८ र २०५१ मा तत्कालिन सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिईन् । भने, २०६४ र २०७४ मा समानुपातिक सांसद बनेमी हुन् । नेतृ पाण्डे २०५४ सालमा समाज कल्याण राज्यमन्त्री समेत नियूक्त भईन् ।

२०२९ सालमै राजनीतिक जेलयात्रा सुरु गरेकी नेतृ पाण्डे २०३५ सालमा नेपाल बिध्यार्थी संघको केन्द्रिय सदस्य र २०३६ सालमा पद्धमकन्या क्याम्पसको स्ववीयू सभापतिमा निर्वाचित बनिन् । उनी दुई कार्यकाल नेपाल महिला संघको केन्द्रिय अध्यक्षको र तिन कार्यकाल नेपाली कांग्रेसको केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेकी थिईन् ।

नेतृ पाण्डेको दुई छोरा छन् । उन्को पार्थिव शरिर मंगलवार नै काठमाण्डौ स्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारजनले जनाएका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles