Tuesday, October 3, 2023

सर्लाहीमा १८९८ अनुचित लेनदेन (मिटरब्याज)पीडितले निवेदन दर्ता गरे

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मलंगवा–सर्लाहीमा एक हजार आठ ९८ जना अनुचित लेनदेन (मिटरब्याज)पीडितहरूले निवेदन दर्ता गराएका छन्।

पीडितहरूले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उपस्थित भएर निवेदन दर्ता गराएका हुन्। पीडितहरूले दर्ता गराएको मिटरब्याजपीडितहरूको नगरपालिकागत लगत जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको हो। 

कार्यालयका अनुसार २० पालिका र जिल्लाबाहिरबाट समेत गरी जेठ १४ गतेसम्मको निवेदन दिने समयावधिमा उक्त संख्यामा निवेदन परेको कार्यालयले जनाएको छ। सर्लाहीमा सबैभन्दा धेरै मलंगवा नगरपालिकाबाट मिटरब्याजपीडितहरूले निवेदन दर्ता गराएका छन्। 

मलंगवाबाट चार सय ५८ र सबैभन्दा कम बागमती नगरपालिकाबाट पाँचवटा मात्र निवेदन संकलन भएको उल्लेख गरेको हो। जिल्लाका अन्य पालिकाबाट समेत सयौँको संख्यामा निवेदन संकलन भएको छ। कविलासी नगरपालिकाबाट एक सय ६०, हरिपुर नगरपालिकाबाट एक सय ५१ वटा निवेदन दर्ता भएको छ। 

यस्तै, लगतअनुसार बरहथवा नगरपालिकाबाट एक सय २८ वटा, हरिपूर्वा नगरपालिकाबाट ९० वटा, हरिवन नगरपालिकाबाट २३ वटा, विष्णु गाउँपालिकाबाट २३ वटा, लालबन्दी नगरपालिकाबाट ६७ वटा, रामनगर गाउँपालिकाबाट २३ वटा, ब्रह्मपुरी गाउँपालिकाबाट एक सय ४८ वटा, बसबरिया गाउँपालिकाबाट ३३ वटा निवेदन संकलन भएको छ। 

बलरा नगरपालिकाबाट ८४ वटा, धन्कौल गाउँपालिकाबाट ३६ वटा, पर्सा गाउँपालिकाबाट ३२ वटा, चन्द्रनगर गाउँपालिकाबाट ६८ वटा, चक्रघट्ट गाउँपालिकाबाट ३७ वटा, गोडैता नगरपालिकाबाट ४९ वटा, कौडेना गाउँपालिका ४७, ईश्वरपुर नगरपालिकाबाट एक सय ३१ वटा र अन्यमा एक सय चारवटा निवेदन दर्ता भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

संकलित निवेदनमाथि अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाचँबुझ आयोगले अनुसन्धान थाल्ने भएको छ। सरकारले केही समय पहिला ऐन नै बनाएर अनुचित लेनदेन घटनाको छानबिनका लागि देशभरिका जिल्ला प्रशासन कार्यालयबाट निवेदन संकलन सुरु गरेको हो। सर्लाहीमा पनि पहिलोपटक ०८० वैशाख १७ गतेदेखि ३१ गतेसम्म १५ दिने सूचना नै जारी गरी निवेदन संकलन गरिएको थियो। 

समय नपुगेको भन्दै केन्द्रीय परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले दोस्रोपटक ०८० जेठ ८ गतेदेखि जेठ १४ गतेसम्म सात दिनको समय थप गरेर निवेदन संकलन गरेको हो। 

अनुचित लेनदेन (मिटरब्याज) तथा सुदखोरबाट जिल्लामा सयौँ विपन्न नागरिक घरवारविहीन बनेका छन् भने धेरैले एकपटक लिएको ऋणको जीवनभरि साँवा–ब्याज तिरिरहनुपरेको गुनासो गरेका छन्। 

केही पीडितले आफूहरूमाथि दुर्व्यवहार हुने गरेकोसमेत आरोप लगाएका छन्। निकै समयदेखि न्यायका लागि संघर्षरत मिटरब्याजपीडितहरूले अब न्याय पाउने आस पलाएको प्रतिक्रिया दिएका छन्। (साभारः नयाँ पत्रिका)

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...