Tuesday, October 3, 2023

कौडेना गाउँपालिकाद्वारा ३४ करोड बढिको नीति तथा कार्यक्रम पेस

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कौडेना–सर्लाहीको कौडेना गाउँकार्यपालिकाले आर्थिक बर्ष २०८०–०८१ का लागि ३४ करोड बढिको नीति तथा कार्यक्रम पेस गरेको छ ।

बुधवार १० औँ गाउँ सभा समक्ष ३४ करोड ३३ लाख ७७ हजार ६ सय बराबरको नीति तथा कार्यक्रम पेस गरिएको गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले जानकारी दिए । गाउँ कार्यपालिकाले आयोजना गरेको औपचारिक सभामा पालिका उपाध्यक्ष नगिना देबी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रमको बजेटमध्ये पुजिगत खर्चतर्फ १० करोड ७६ लाख र चालू खर्चतर्फ २२ करोड ५७ लाख ७७ हजार ६०० रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले जानकारी दिए । यस्तै चालू खर्चतर्फ प्रदेश सरकार अन्तरगतको २ करोड समेत समावेश रहेकोे प्रमुख प्रशासकीय अधिकृत यादवको भनाई थियो ।

कार्यपालिकाले यस पटक बजेट निर्माण गर्दा शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेको पालिका अध्यक्ष यादवले जानकारी दिए । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सामाजिक बिकास, युवा तथा खेलकुद, भौतिक पुर्वाधार, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, बिपद् ब्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवर्धन्, लगाएतको क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कौशल किशोर रायले बजेटलाई जनजिविका सगँ जोड्न आग्रह गरे । उन्ले बजेट सडकमा माटो र ढुंगा हाल्न काममा खर्च नगर्न अनुरोध गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । नीति तथा कार्यक्रम जनमुखी हुनुपर्नेमा कार्यक्रमका अधिकांश बक्ताहरुको जोड थियो ।

गाउँ पालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न गाउँसभा उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सम्पुर्ण वडाध्यक्ष एवं कार्यपालिका सदस्य स्थानीय लगाएतको सहभागिता रहेको थियो ।

यो सहित जिल्लामा दुई पालिकाले बजेट सार्वजनिक गरेका छन् । यस पहिला चक्रघट्ट गाउँपालिले गाउँ सभा प्रारम्भ गरेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...