Tuesday, October 3, 2023

बागमतीको नव जनजागरण माध्यामिक बिद्यालय उत्कृष्ठ ठहर

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सर्लाहीको बागमती नगरपालिका पछिल्लो समय शिक्षाको हव बन्दै गएको छ ।

बागमती नगरपालिकाका बिद्यालय ब्यवस्थापन र शैक्षिक सुधारमा समेत अब्बल सावित हुदै गएका हुन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले निकालेको नतिजाले यसलाई पुष्टि गरेको छ । गत अषाढ ५ गते प्रकासन गरेको सुचना अनुसार बागमती नगरपालिका–८, मा रहेको नव जनजागरण माध्यमिक बिद्यालय उत्कृष्ठ ठहर हुदै प्रोत्साहन रकम प्राप्त गर्न सफल भएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव श्रोत विकास केन्द्रले ब्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ठ कार्यगरेका बिद्यालयलाई नतिजामा आधारित प्रत्साहन अनुदानको लागि छनौट आवेदन लिएको थियो । यसमा उच्चतम अंक प्राप्त गरी नव जनजागरण माध्यमिक बिद्यालय शंकरपुरले ५ लाख प्राप्त गर्न सफल भएको बिद्यालयका प्रधानाध्यापक बद्रि पोखरेलले जानकारी दिए ।

नगरको जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक एवं अभिभावक समेत अथक प्रयासबाट बिद्यालय उत्कृष्ठ बन्न सफल भएको नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । यस पालिकाले बालबालिका मैत्री, मन्टेश्वरी, ब्यवहारिक ज्ञान सहितको प्रविधि मैत्री शिक्षण पद्धती अवलम्बन गरिरहेको नगरकी उपमेयर लिला कुमारी मोक्तानले बताईन् ।

यसै विच ब्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ठ कार्यगरेका बिद्यालयलाई नतिजामा आधारित प्रत्साहन अनुदानको लागि सर्लाहीबाट अन्य ४ बिद्यालय पनि छनौटमा परेका छन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार जिल्लाको लालबन्दी–२, जुटपानीको नवजिवन विद्याश्रम मावि जुटपानी, ब्रम्हपुरी–१, को जलाधर कमलदेव मावि र बलरा–४, को रामसखी मोहितसिंह जनता मावि छनौट भएको हो ।

यस कार्यक्रममा देशैभरबाट उत्कृष्ठ अंक प्राप्त गर्ने १६५ वटा बिद्यालय अनुदानका लागि छनौट भएका केन्द्रले जनाएको हो । छनौटमा परेका बिद्यालयहरुले जनहि ५ लाखको दरले अनुदान रकम प्राप्त गर्ने ब्यवस्था छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...