Tuesday, October 3, 2023

बनवाटिकामा शालिक अनावरण, बृक्षारोपण तथा सम्मान कार्यक्रम

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित पर्यटकिय क्षेत्र बनवाटिकामा शालिक अनावरण, बृक्षा रोपण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

मंगलवार एक कार्यक्रमका विच हरिवन नगरपालिका–८, स्थित बनवाटिका क्षेत्रमा शालिक अनावरण गरिएको हो । बनवाटिका परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाह, बि.पि. कोईराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण गरिएको हो । शालिकको पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा एमाले सचिव योगेश भट्टराईले अनावरण गरे ।

सोही अवसरमा बनवाटिका क्षेत्रमा बृक्षा रोपण समेत गरिएको छ । शिबेश्वर सामुदायिक बन उपभोक्ता समुहको समेत समन्वयमा भएको बृक्षा रोपण कार्यक्रममा मलेसियन साल, कपुर, अमला लगाएतका बहुउपयोगी जातका तिन सय वटा बिरुवा रोपिएको हो । शालिक तथा बृक्षा रोपण कार्यले बनवाटिका क्षेत्रको पर्यटकिय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसै हरिवन नगरपालिका–८, क्षेत्रका महिला स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको छ । उनीहरुले वडाको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र सहित सम्मानित गरिएको वडाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए । कार्यक्रममा पुर्व रक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य हरि उप्रेती, प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बा लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी(कमल), उपमेयर हरिमाया घलान, नेकपा एस नेता डिल्ली उप्रेती, पुर्व मेयर गणेश प्रसाद प्रसाईको पनि आतिथ्यता रहेको थियो । भने, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीयको समेत सहभागिता रहेको आयोजकले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles