Tuesday, October 3, 2023

सर्लाहीको कौडेनामा १५ शय्याको सामुदायिक अस्पताल उद्घाटन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाहीको कौडेना गाउँपालिकाले निर्माण गरेको १५ शय्याको सामुदायिक अस्पतालको उद्घाटन गरिएको छ।

कौडेना– २ फूलपरासीमा निर्माण गरिएको सामुदायिक अस्पतालको मंगलबार संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र खानेपानीमन्त्री महेन्द्रराय यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। गाउँपालिकाको आफ्नै एक करोड ७९ लाख लागतमा निर्माण सम्पन्न अस्पतालको औपचारिक उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष रूपेशकुमार यादवले जानकारी दिए।

अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले अहिलेको सरकार जनमुखी रहेको दाबी गरे। सरकारले उपत्यकाका निजी अस्पतालहरूमा विपन्न नागरिकको लागि व्यवस्था भएको निःशुल्क शय्या र औषधी उपचार कार्यान्वयन गरेको उल्लेख गरे। यसबाट वर्षाैँदेखि स्वास्थ्य उपचारबाट वञ्चित विपन्न समूह लाभान्वित भएका उनले बताए।

सो क्रममा खानेपानीमन्त्री यादवले नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए। सर्लाहीका नागरिकले वर्षाैँदेखि आर्सनिकयुक्त पानी पिउनु परिरहेको उल्लेख गर्दै उनले छिट्टै स्वच्छ पानीको व्यवस्था गर्ने आश्वासन दिए।

सम्बोधनकै क्रममा मन्त्रीद्वयले अहिलेको गठबन्धन सरकार नढल्ने दाबी गरेका थिए। यो सरकार निर्धक्कसँग ५ वर्ष चल्ने भन्दै बाहिर हल्ला भएजस्तो अवस्था नरहेको उनीहरूले जिकिर गरे।

अस्पतालमा विशेषज्ञ चिकित्सक नियुक्तिको प्रक्रियासमेत अगाडि बढाएको गाउँपालिका अध्यक्ष रूपेशकुमार यादवले जनाकारी दिए। यो अस्पताल सञ्चालनसँगै जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका आपतकालीन अवस्थाका बिमारीले समेत स्वास्थ्य सुविधा पाउनेछन्। यसअघि यहाँका बिरामी प्रादेशिक अस्पताल मलंगवा वा पूर्व–पश्चिम राजमार्गका अस्पताल धाउन बाध्य थिए। (साभार : नयाँ पत्रिका)

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles