Tuesday, October 3, 2023

हरिवनमा साना किसान सहकारीलाई वडा कार्यलयको ट्रयाक्टर

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित वडा कार्यलयले कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको छ ।

शुक्रवार एक कार्यक्रमका विच हरिवन नगरपालिका–५, नम्बर वडाले आफ्नै वडामा रहेको साना किसान कृषि सहकारी संस्थालाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको हो । आफ्नो वडामा अधिकांस परिवार कृषिमा आधारित रहेको र उनीहरुलाई प्रत्यक्ष लाभपुर्याउने उध्यश्यले ट्रयाक्टर हस्तान्तरण गरिएको वडाध्यक्ष नागेन्द्र साहले जानकारी दिए ।

वडाध्यक्ष साहका अनुसार नगरको ८० प्रतिशत बराबर १० लाख र सहकारी संस्थाको २० प्रतिशत अर्थात २ लाख ५ हजार लागतमा ट्रयाक्टर खरिद गरिएको हो । यस ट्रयाक्टरबाट उक्त संस्थामा आवद्ध ९ सय ९३ सदस्यले सेवा लिन सक्ने वडा कार्यलयले जनाएका छ । कृषिमा प्रयाप्त लगानी हुननसकिरहेको गुनासोका विच वडाको बजेटबाट किसानलाई अनुदान दिईएको वडाध्यक्ष साहको भनाई छ ।

यस क्षेत्रका अधिकांस नागरिक तरकारी जन्य खेतीमा आवद्ध रहेका छन् । पछिल्लो समय किसानहरु गोरु पाल्न छोडेर ट्रयाक्टर तर्फ आकर्षित हुदै गएका छन् । ट्रयाक्टर जोताईको महंगो भाडा तिर्नुपरिरहेको किसानहरुको गुनासो रहदै आएको कृषि सहकारीका अध्यक्ष रामलाल महतोले जानकारी दिए । अध्यक्ष महतोका अनुसार संस्थाले ट्रयाक्टर प्रयोग कार्यविधि बनाएर सदस्यहरुलाई सस्तोमा सेवा प्रवाह गर्नेछ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता र वडा अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा उपमेयर हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रदान, समाजसेवी तथा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आर्थिक विकास संयोजक तथा ४ नम्बरका वडाध्यक्ष केशवराज थापा, ६ नम्बरका वडाध्यक्ष सन्तलाल घिसिङ, युवा समाजसेवी सिङ्ग योन्जन, लगाएत वडाबासी किसानहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...