Tuesday, October 3, 2023

ईश्वरपुरमा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

ईश्वरपुर–सर्लाहीको ईश्वरपुर नगरपालिकाले दुई वडाको एकिकृत घुम्ती सेवा शिविर सम्पन्न गरेको छ ।

शुक्रवार ईश्वरपुर नगरपालिका–१० स्थित वडा कार्यलय परिसरमा १० र ११ नम्बर वडाको एकिकृत घुम्ती सेवा शिविर सम्पन्न गरेको हो । शिविरबाट विभिन्न समुहका सयौँ वडावासी लाभग्राहीले सेवा लिएका नगरपालिका कार्यलयले जनाएको छ । घुम्ती सेवाका कारण पालिका सम्म धाउन नसक्ने बृद्ध, बृद्धा, असक्त, अपांगता भएका, बालबालिका, सुत्केरी तथा गर्भवती आमाहरुले वडामै सेवा प्राप्त गरेका थिए ।

कार्यक्रम मार्फत सामाजिक सुरक्षा भत्ताको लागी २७ जनाले नयाँ आवेदन दिएका छन् । अपांगता परिचय पत्रका लागि ‘क’ वर्गमा १ जना, ‘ख’ वर्गमा ३ जना र ‘ग’ वगर्मा १ जनाले आवेदन दिएका थिए । भने, प्रक्रिया नपुगेका ९० जनालाई उचित परामर्श सहित पठाईएको उक्त शाखाका कर्मचारीले जानकारी दिए । आयुर्वेद तर्फ बालबालिका सगँ मेयर कार्यक्रम अन्तर्गत सय जनालाई पौष्टिक आहार वितरण गरिएको थियो ।

यस्तै सुत्केरी आमा सगँ मेयर कार्यक्रम अन्तर्गत ७७ जनालाई सेवा प्रवाह गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । यस्तै २ सय ६८ जनालाई स्वास्थ्य प्रवर्दक पौष्टिक आहार हर्लिक्स वितरण गरिएको छ । कार्यक्रममा १ सय २५ जनाको आँखा चेकजाच, ८० जना किसानलाई तरकारीको विउ वितरण, ९५ किसानलाई कृषि परामर्श प्रदान गरिएको थियो ।

यसैविच बृहत घुम्ती सेवा अन्तरगत ३ सय ९५ जनाको साधारण स्वास्थ्य चेकजाँच, पशु सेवा तर्फ ४७ गाई, ५७ भैसी, ५सय ८४ बाख्रा, १ वंगुर गरी कुल ६ सय ८९ पशुको स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधी समेत वितरण गरिएको नगरका योजना शाखा प्रमुख पुष्करमणी घिमिरेले जानकारी दिए ।

ईश्वरपुर नगरपालिका–१०, का वडाध्यक्ष राश नारायण चौधरीको अध्यक्षतामा सम्पन्न बृहत घुम्ती सेवा कार्यक्रममा मेयर मनोज कुमार आचार्य, उपप्रमुख रन्जिता देवी चौधरी, प्रमुख प्रशासकिय अधिकृत हिराकाजी श्रेष्ठ, योजना प्रमुख पुष्करमणी घिमिरे लगाएतको आतिथ्यता रहेको थियो । शिविर मार्फत आफ्नो वडामै सेवा पाएका स्थानीय समेत खुसी देखीएका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...