Tuesday, October 3, 2023

नागरिकको जीवनस्तर उकास्न चन्द्रनगरमा ‘सोहजन आन्दोलन’ 

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नागरिकको अवस्था परिवर्तनको नारासहित आन्दोलन सुरु गरेको छ।

यस आन्दोलनले गाउँवासीको आर्थिक, सामाजिक र भौतिक अवस्था परिवर्तन हुने पालिकाले जनाएको छ। गाउँलाई आत्मनिर्भर र उद्यमशील बनाउन सुरु गरिएको यो आन्दोलन कसैप्रति लक्षित छैन।  

लामो समयको सम्भाव्यता अध्ययनपछि गत सोमबार गाउँपालिका कार्यलयले सोहजन आन्दोलन सुरु गरेको हो। सोहजन अर्थात् ठाउँअनुसार यसलाई सज्ज्युन, सोयजन र अंग्रेजीमा मोरिंगा ओलियफेरा भनिन्छ।

सामान्यतया तराईको जिल्लामा सोहजन तरकारीको रूपमा प्रयोग गर्न उत्पादन गर्ने गरिन्छ । सोहजनको व्यावसायिक खेती भने बिरलै हुने गरेको छ। स्वास्थ्यको हिसाबले समेत बहुउपयोगी सोहजनलाई चन्द्रनगरवासीको सहयोगमा गाउँपालिकाले व्यावसायिक उत्पादनमा जोड्ने तयारी गरेको छ। 

यसरी उत्पादित सोहजनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिने गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। ‘सम्मानित जीवन, समृद्ध चन्द्रनगर’ नारासहित सुरु गरेको सोहजन आन्दोलन तराई मधेसका २२ जिल्लामा विस्तार गरिने उनले बताए। 

तरकारीबाहेक सोहजनको फूल, पत्ता, डाँठ, बोक्रा र जरासम्म बहुउपयोगी रहेको सोहजन खेतीविज्ञ देवनारायण मण्डलले बताए। तरकारी उत्पादनको हिसाबले मात्र लगाइएको सोहजनबाट स्थानीयले प्रशस्त आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो। विकसित मुलुकमा यसको प्रयोग अत्यधिक हुने गरेको विभिन्न जर्नलहरूमा उल्लेख छ। 

सर्लाहीको चन्द्रनगरले देशमै पहिलोपटक सुरु गरेको सोहजन आन्दोलनअन्तर्गत अनुसन्धान तथा प्रशोधन केन्द्रसमेत स्थापना गरिने गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए।

सोहजन पोषणयुक्त खाना, स्वास्थ्यबर्धक औषधि, सौन्दर्य प्रसाधन, वातावरण तथा समृद्धिका लागि बहुउपयोगी बिरुवा रहेको विज्ञ बताउँछन्। सोहजन खेतीबाट किसानहरूले चन्द्रनगरलाई समृद्ध बनाउँदै प्रदेशकै अर्थतन्त्रमा मद्दत गर्ने उनको विश्वास छ। 

मण्डलका अनुसार सोहजनको पातको चूर्ण, फेसवास, साबुन तथा विभिन्न औषधि बजारमा अहिले पनि महंगो मूल्यमा बिक्री–वितरण हुने गरेको पाइन्छ। 

मधेसको हावापानीमा सोहजनको बिरुवा राम्रोसँग हुर्किने गाउँपालिका अध्यक्ष महतोले दाबी गरे। यस पालिकाले पहिलो चरणअन्तर्गत किसानलाई १२ हजार सोहजनको बिरुवा निःशुल्क वितरण अभियान सुरु गरेको छ।
 
सोहजनमा ९२ किसिमका पोषक तत्व तथा औषधीय गुण पाइने मण्डलले बताए। साथै सोहजनले वातावरण सन्तुलन राख्नसमेत मद्दत गर्ने बताइएको छ। खेतीविज्ञ मण्डलका अनुसार यो एक कट्ठा खेतमा आठ–आठ फिटको दूरी कायम गरेर ४४ वटा बिरुवा रोप्न सकिन्छ। नयाँ पत्रिकामा खवर छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...