Tuesday, October 3, 2023

सर्लाहीमा प्रहरी हिरासतमा रहेकी महिला थुनुवाद्वारा आत्महत्या

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही-सर्लाहीमा प्रहरी हिरासतमा रहेकी एक थुनुवाले आत्महत्या गरेकी छिन् ।

बिहिवार राती जिल्ला प्रहरी कार्यलयको हिरासतमा रहेकी थुनुवा चक्रघट्ट गाउँपालिका–८, निवासी ४० बर्षकी हजरत खातुनले आत्महत्या गरेकी हुन् । उन्ले थुनुवा कक्षको शौचालयको ढाकामा सलको पासो लगायर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी कैलाश राईले जानकारी दिए ।

राती १० बजेको समयमा शौचालय गएकी खातुन निकै बेरसम्म ननिस्कीय पछि प्रहरीले शौचालयको ढोका फेडेको थियो । ढोका खोल्दा उनी सलको पासो लगाएर ढोकामा झुन्डिएको अवस्थामा फेला परेकी थिईन् । प्रादेशिक अस्पताल मलंगवामा पुर्याएर उपचारको क्रममा उन्को ज्यान गएको प्रहरीले जनाएको हो ।

गत ३ श्रावणमा खातुन् सहित दुईजनालाई शसस्त्र प्रहरीले मलंगवा नगरपालिका–८, झिलिमिलियामाई नजिकै नेपाल–भारत सिमाक्षेत्रबाट श्रोत नखुलेको रकम र चाँदीसहित पक्राउ गरेको थियो । पक्राउ परेका अर्का पुरुष चक्रघट्टा गाउँपालिका ८ का ३२ बर्षका राम केवल राय रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैँया र ५ सय ८७ ग्राम चाँदी बरामद् भएको थियो ।

पक्राउ परेका दुबैलाई प्रहरीले ३ गते बुधवार नै भन्सार कार्यालय मलंगवा बुझाएको जनाएको छ । मलंगवा भन्सार कार्यलयले ४ गते बिहिवार घटनामा संलग्न ठहर सहित पक्राउ परेका दुई मध्य खातुनलाई ३ लाख ३९ हजार धरौटि तोकेको थियो । आफन्तका अनुसार खातुनले धरौटि बापतको रकम बुझाउन सकिन्न ।

त्यसपछि जिल्ला भन्सार कार्यलयले उन्लाई जिल्ला प्रहरी कार्यलय सर्लाहीको हिरासतमा पठाएको थियो । मृतक खातुनको माईती पक्ष आउने क्रममा रहेकोले सव परिक्षण पछि आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी राईले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको उन्को भनाई छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...