Tuesday, October 3, 2023

बागमतीका सामुदायिक बिध्यालयका छात्रछात्राले बर्षे विदा यसरी मनाए(फोटो फिचर)

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सामान्यतया विदाको समय भन्ने वित्तिकै फुर्सदको समय भन्ने बुझिन्छ । फुर्सदको समय अर्थात यसै खेरजाने समय । सर्लाहीको बागमती नगरपालिकाका सामुदायिक बिद्यालयमा अध्यन्रत छात्रछात्राहरुले यस पटक बर्षे विदा अर्थात फुर्सदको समय विभिन्न रचनात्मक कृयाकलापमा सहभागिहुदै विताएका छन् ।

बागमती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको समर क्याम्पको शनिवार बागमती नगरपालिका सभाहलमा एक कार्यक्रममाका विच समापन गरिदै ।

नगर शिक्षा शाखाको आयोजनामा आयोजित बर्षे शिविर ‘समर क्याम्प’ मा सहभागि हुदै बागमती नगरपालिकाका छात्रछात्राहरुले विदाको समयको सदुपयोग गरेका हुन् । यस नगरपालिकाले शैक्षिक सुधारका लागि सुरुगरेको अभियान अन्तरगत यस बर्षे विदामा नगरका छात्रछात्राहरुलाई विभिन्न अतिरिक्त कृयाकलापहरुमा सहभागि गराईएको हो ।

नगरमा रहेका २५ सामुदायिक बिद्यालयबाट प्रतेक बिद्यालय ५ जनाका दरले छात्रछात्रा सहभागि गराएर समर क्याम्प आयोजना गरिएको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । समर क्याम्प अन्तरगत नगरका ४ वटा माध्यामिक बिद्यालयमा विभिन्न विषय विज्ञ प्रशिक्षकहरुको उपस्थितिमा तालिमहरु संचालन गरिएको थियो ।

बागमती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको समर क्याम्पमा सहभागि बिद्यार्थीहरु श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालय बागमती–११, को विज्ञान प्रयोगशालामा प्ररिक्षणमा सहभागि हुदै ।

यस किसिमका शिविरले बालबालिकाहरुको सर्वाङगिण विकासमा टेवा पुगेको श्री जनवाल कल्याण माध्यामिक विद्यालय धरहराका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले बताए । ‘यस पहिला यस्तो अभ्यास निजिबिद्यालयहरुमा मात्र देख्न पाहिन्थ्यो ।’ प्रधानाध्यापक जिम्बाले भने, ‘पहिलो पटक सामुदायिक बिद्यालयका बालबालिकाले समेत यस्तो सुविधा पाए, यसले उनीहरुमा उत्साह र अठोट बढेको पाएको छु ।’

बागमती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको समर क्याम्पमा सहभागि बिद्यार्थीहरु श्री जनता नमुना माध्यामिक बिद्यालयमा सार्वजनिक भाषण सिक्दै छात्रछात्राहरु ।

यस पहिला विदाको समयमा घुमेर हिड्ने, साथिहरुको लहैलहैमा कुलतमा लाग्ने छात्रछात्राहरुले यसपटक समयको भरपुर सदुपयोग गरेका जनता नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक लोकनाथ दहालले बताए । यस पटक समर क्याम्पमा बालबालिकाहरु चित्रकला, सार्वजनिक भाषण कला, नृत्य, बिज्ञान परिक्षण, कम्प्यूटरबाट गरिने विभिन्न डिजाईन लगाएतका तालिममा सहभागि भएका थिए ।

बागमती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको समर क्याम्पमा सहभागि बिद्यार्थीहरु बागमती नगरपालिका–११, स्थित रेडियो दर्शन ९१.५ मेगाहर्जको स्टुडियो अवलोकन तथा आफ्नो प्रस्तुती राख्दै ।

‘समर क्याम्प’ प्रशिक्षकको रुपमा नृत्य निर्देशक छेडुप लामा, मिडियाकर्मी डम्बर शाहु तथा चित्रकला प्रशिक्षक महेन्द्र थापा र डिल्ली निरौला रहनु भएको थियो । यस किसिमको कार्यक्रमले बालबालिकामा सिकाई उपलब्दी बृद्धि गर्न उनीहरुलाई आवश्यक ज्ञान लिन सहज हुने नगरका शिक्षा अभियन्ताका रुपमा कार्यरत अभिषेक घिमिरेले जानकारी दिए ।

बागमती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको समर क्याम्पमा सहभागि बिद्यार्थीहरु कम्प्युटर सम्बन्धी ज्ञान लिदै ।

यस बर्षको बर्षे विदा फरक अनुभवका साथ नयाँ उर्जा दिएर गएको एक बिद्यार्थीले सुनाए । ‘यस्तो कार्यक्रमले हामीलाई थुप्रै नयाँ कुरा देख्न र सिक्न मौका मिलेको छ ।’ एक बिध्यार्थीले शनिवार बर्षे शिविर ‘समर क्याम्प’ समापन समारोहमा भने, ‘आगामी बर्षेहरुमा पनि यस्तै कार्यक्रम गरिदिनु होला ।’

बागमती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको समर क्याम्पमा सहभागि बिद्यार्थीहरु चित्रकला कार्यमा सहभागि हुदै ।

७ दिन सम्म संचालन भएको बर्षे शिविर ‘समर क्याम्प’ शनिवार एक औपचारिक कार्यक्रमका विच समापन गरिएको थियो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न शिक्षा सेवी तथा शिक्षा प्रेमी ब्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बर्षे शिविर ‘समर क्याम्प’ मा सहभागि छात्रछात्राहरुले सिकेका कुरा प्रस्तुत÷प्रदर्शनी गरेका थिए ।

यो छोटो समय आयोजना गरेको तालिमबाट बालकालिकाहरुमा आएको उर्जा तथा उनीहरुको क्षमता देखेर खुसी लागेको मेयर थापाले प्रतिकृया दिए । आगामि दिनमा नगर शिक्षा शाखाले यस्ता थप कार्यक्रम आयोजना गर्ने समेत उहाँको भनाई थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...