Tuesday, October 3, 2023

मुक्तेश्वरधाम धार्मिक करिडोरमा जोडिन्छ : मन्त्री यादव

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही-मधेश प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले मुक्तेश्वरनाथ मन्दिर धार्मिक करिडोरमा जोडिने बताएकी छिन् ।

साउनको अन्तिम सोमबार आज सर्लाहीको बरहथवा नगरपालिका–९, मा रहेको मुक्तेश्वर मन्दिरको दर्शन पछि सम्बोधन गर्दै उन्ले यस्तो बताएकी हुन् । ऐतिहासिक धरोहरको रुपमा रहेको यस मुक्तेश्वर मन्दिरलाई धार्मिक करिडोरमा जोडेर पर्यटकिए हिसावले विकास गर्ने कुरामा मधेश प्रदेश सरकार पर्यटन मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत उन्ले प्रतिवद्धता ब्यक्त गरिन ।

स्थानीय जनसमुदायको आस्था सगँ जोडिएको मठमन्दिर संरक्षण तथा प्रवर्धन आजको आवश्यक्ता भएको उन्को तर्क छ । यस मन्दिरको ऐतिहासिकताको बिषयमा आफुले पहिलो पटक जानकारी पाएको बताउदै प्रचारप्रसारलाई समेत जोडदिन जरुरी रहेको बताईन् । प्रदेश सरकार सगँ प्रयाप्त बजेट नभएको र त्यसमा पनि टुक्रे योजनाका कारण बजेट विनियोजनमा समस्या भएको मन्त्री यादवका भनाई थियो ।

कार्यक्रमा बोल्दै उक्त वडाका वडाध्यक्ष समेत रहेका तुलसी लुईटेलले मन्दिरको ऐतिहासिकता एकिन गर्नुपर्ने बताएका छन् । लामो समय देखी भग्नाअवसेसको रुपमा रहेको मन्दिरको केही समय पहिलामात्र पुरातत्व विभागले पुनः निर्माण गरेको थियो । पुनः निर्माणको क्रममा फेला परेका लिपिबाट यस मन्दिर हजारै बर्ष पुरानो भएको शंकेत गरेको उन्ले दावी गरे । मन्दिर पुनः निर्माणको क्रममा ढुगामा कुदिएको ब्राम्ही लिपी फेला परेको छ ।

ढुंगामा ब्राम्ही लिपी फेला परेको बताउदै वडाध्यक्ष लुईटेलले त्यो लिपी आज भन्दा २ हजार बर्ष भन्दा पनि पहिला चलन रहेको विभिन्न तथ्यबाट फेला परेको बताए । यो लिपी ईसा पुर्व नै चलन चल्तीमा रहेको हाल सम्मको अध्यनबाट खुलेको उन्को दावी छ । त्यस कारण पनि यो मन्दिर २ हजार बर्ष पहिला निर्माण भएको दावा गर्न सकिने वडाध्यक्ष लुईटेलले बताए ।

मन्दिर ११ औँ वा १२ औँ सताब्दी भन्दा पहिला निर्माण भएको आंकलन गरिरेहेको अवस्थामा निर्माणको क्रममा अझै पुरानो लिपी फेला परेको हो । वडाध्यक्ष लुईटेलले यसको थप अनुसन्धान गर्न पनि मागँ गरे । प्रयाप्त बजेट अभावमा उचित संरक्षण हुन नसक्दा यस मन्दिर जिल्ला बाहिर गुमनाम जस्तै बनेको छ । कार्यक्रमा बोल्दै बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवाले मन्दिरको सम्बर्धन र प्रवर्धनमा जोड दिईएको बताईन् ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले मन्दिरको उचित संरक्षण हुन नसकेको बताए । मुक्तेश्वर क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने बिषयमा गंम्भिर बन्नुपर्नेमा उन्ले जोड दिए । यस क्षेत्रमा ऐतिहासीक स्थल धेरै भएकोले पर्यटकिय क्षेत्रमा विकास गर्न सकिने सांसद कुशवाहले बताए । आगामि दिनमा यस क्षेत्रको विकासमा बिषेश पहल हुनेमा आफु ढुक्करहेको सांसद कुशवाहले बिश्वास समेत ब्यक्त गरे ।

कार्यक्रमको अन्तिममा मन्त्री यादवले मन्दिर परिसरमा बृक्षारोपण समेत गरिन् । मन्दिर परिसरलाई पर्यटकिय हिसावले विकास गर्न सके नगरकै पहिचान बन्ने स्थानीयको भनाई छ । मन्दिर आसपासका क्षेत्रमा ४ फिट गहिरो खाडल खन्दा अहिले पनि विभिन्न पुरातन सामग्री फेला पर्ने गरेको तथा ईट्टा बिच्छाईएको फेला पर्ने गरेको स्थानीयको भनाई छ । मन्दिरको नजिकै निकै पुरानो पोखरी लगाएतका अन्य संरचना समेत छन् ।

वडाध्यक्ष लुईटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज अच्युतम काफले, बरहथवा नगरपालिकाका निवर्तमान मेयर देवानन्द महतो लगाएतको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...