Tuesday, October 3, 2023

बागमतीमा स्वास्थ्य संस्थाहरुको अनुगमन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ ।

बागमती नगरपालिका स्वास्थ्य शाखाले नगर भित्र संचालनमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको जनाएको छ । नगर स्वास्थ्य शाखाको टोलीले पालिका भित्र संचालनमा रहेको औषधी पसल, अस्पताल, पोलीक्लिनिक तथा क्लिनिकहरुको अनुगमन गरेको नगर स्वास्थ्य शाखा प्रमुख पद्म रायमाझीले जानकारी दिए ।

शाखाका अनुसार बागमती नगरपालिका क्षेत्रमा मात्र ३३ वटा औषधी पसल, एउटा अस्पताल, ३ वटा पोलिक्लिनिक संचालनमा रहेको फेला परेको छ । त्यस मध्य ८ वटा औषधी पसलले मात्र औषधी ब्यवस्था विभागबाट अनुमती लिएको पाहिएको छ । भने, तिन वटाले स्थानीय तहबाट ब्यवसाय संचालन अनुमती लिएका थिए ।

यस्तै २० वटा औषधी पसलले अनुमतीनै नलिईकन संचालन गरिरहेको पाहिएको हो । उनीहरुलाई तत्काल सम्बन्धीत निकायमा दर्ताहुन सचेत गराईएको स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए । नगर स्वास्थ्य शाखाले स्थानीय सरकार संचालन ऐनले तोकिएको अधिकार अनुसार स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको नगरले जनाएको छ ।

अनुगमनका क्रममा औषधी पसल, अस्पताल, पोलीक्लिनिक तथा क्लिनिक संचालकहरुलाई १८ भन्दा धेरै प्रश्नको जवाफ सहित फारम भरार्ईको थियो । अनुगमनको क्रममा नगरका केही औषधी पसलेहरु पसल बन्द गरेर फरार भएका थिए । औषधी विक्री वितरण तथा उपचार प्रकृयालाई ब्यवस्थित बनाउन अनुगमन सुरु गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles