Tuesday, October 3, 2023

शिक्षा सगँ सिप जोड्दै जनवाल कल्याण मावी

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सिप विनाको शिक्षा ज्योती बिनाको आँखा जस्तै हुन्छ । भन्ने, मान्यता राख्दै सर्लाहीको बागमती नगरपालिका स्थित श्री जनवाल कल्याण माध्यामिक बिद्यालयले बालबालिकाहरुलाई सिप सगँ जोड्न सुरु गरेको छ ।

बागमती नगरपालिका–२, धरहरामा रहेको श्री जनवाल कल्याण माध्यामिक बिद्यालयले छात्रछात्राहरुलाई गमला बनाउने तालिम दिन सुरु गरेको हो । सैदान्तिक शिक्षाले मात्र बालबालिकाहरुलाई दक्ष बनाउन नसकिने भएकाले सिप सहितको शिक्षामा जोड दिईएको बिद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए । यस किसिमको कार्यक्रमहरु अन्य बिद्यालयहरुमा पढ्दै कमाउदै कार्यक्रम अन्तरगत संचालन हुने गरेको भएपनी यस बिद्यालयले आन्तरिक ब्यवस्थापनमा सुरुगरेको हो ।

पढ्दै कमाउदै कार्यक्रमका लागि फारम भरेको भएपनि स्वीकृत नभए पछि बिद्यालयले आफ्नै पहल कदमीमा कार्यक्रम सुरु गरेको जनाएको छ । कार्यक्रमको पहिलो चरण अन्तरगत कक्षा ६ देखी १० सम्मका १५ छात्रछात्राहरुलाई गमला बनाउने तालिम दिईने छ । यसरी उनीहरुलाई सिप सहितको शिक्षामा जोड्ने हो भने, जिविकोपार्जनमा समेत टेवा पुग्ने बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराले बताए ।

छात्रछात्राहरुलाई तिन दिन सम्म सिमेन्टेड गमला निर्माण गर्न सिकाईले बिद्यालय प्रशासनले जनाएको छ । बिद्यालयको आन्तरिक श्रोत नरहेका कारण सहयोगि दाताहरुको सहयोगमा कार्यक्रम संचालन गरिएको प्रधानाध्यापक जिम्बाले जानकारी दिए । तालिममा आवश्यक बालुवा र सिमेन्ट बागमती यूवा क्लवका सचिव कुमार प्रधानले सहयोग गरेका छन् ।

मंगलवारबाट सुरुभएको तालिमको बागमती नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा शाखा संयोजक मिन प्रसाद उपाध्याय, शिक्षा अभियन्ता अभिषेक घिमिरे, लगाएतले निरिक्षण गरेका थिए । तालिम सम्पन्न भएपछि छात्रछात्राहरुलाई हरेक शनिवार सहभागि गराएर गमला निर्माण गरिने बिद्यालयका शिक्षक निर्मल तिमल्सेनाले जानकारी दिए ।

स्कुलका छात्रछात्राहरुले तयार गरेको गमला गाउँघर बिक्री वितरण गरिने र बाँकी रहे नगरपालिकाको समन्वयमा बजार ब्यवस्थापन गर्ने आश्वासन शिक्षा शाखा प्रमुख उपाध्यायले दिएका प्रधानाध्यापक जिम्बाको भनाई थियो । यस पालिकामा संचालनमा रहेका बिद्यालयले छात्रछात्राहरुलाई उत्पादन सहितको सिप र ब्यवहारीक तथा आधुनिक शिक्षामा जोड दिदै आएका छन् ।

नगरको केही बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम समेत लागु भएको छ । बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालय र बागमती नगरपालिका–८, स्थित श्री नवजनजागरण माध्यमिक बिद्यालय शंकरपुरमा शिक्षा मन्त्रालय अन्तरगत पढ्दै कमाउदै कार्यक्रम लागु भएको हो । महेन्द्र जनता मावीका छात्रछात्राहरुले कार्यक्रम अन्तरगत सिमेन्टको ब्लक निर्माण र कुखुरा पालन गरिरहेको छन् ।

यस्तै नवजनजागरण माद्यामिक बिद्यालयका छात्रछात्राहरुले पनि कुखुरा पालन लगाएतको गतिविधिमा आफुलाई सकृय बनाएका छन् । यस किसिमको अध्यनअध्यापनले बिध्यार्थीहरुलाई ब्यवहारीक ज्ञान, सिप प्राप्त गर्न सहज हुनुका साथै उनीहरुले धेरथोर आम्दनी समेत गरिरहेका शिक्षा शाखा प्रमुख उपाध्यायले बताए । सिप सहितको शिक्षा आजको आवश्यक्ता भएकोले सबैले यसमा जोड दिनुपर्ने उन्को भनाई छ ।

यस्तै बागमती नगरपालिका–१०, शंकरपुरमा रहेको श्री जनता माध्यामिक बिद्यालय सोल्टी बजारले पनि छात्रछात्राहरुलाई सिप सगँ जोड्ने नगरको योजना अनुरुप आन्तरिक ब्यवस्थापनमा तरकारी उत्पादन लगाएतको गतिविधि संचालन गरिरहेको बिद्यालयका प्रधानाध्यापक लोकनाथ दहालले जानकारी दिए । सिप सहितको शिक्षा बागमती नगरपालिकाको पहिलो लक्ष्य रहेको नगरका शिक्षा प्रतिनिधि ओम बहादुर कार्कीले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...