Tuesday, October 3, 2023

जनबाल कल्याण मावीद्वारा दाता सम्मान तथा छात्रबृती वितरण

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती– सर्लाहीको बागमतीमा रहेको श्री जनवाल कल्याण माद्यामिक बिद्यालय धरहराले दाता सम्मान तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार बागमती नगरपालिका–२, स्थित धरहरामा रहेको उक्त बिद्यालयले एक भब्य समारोहको विच दाता सम्मान गरेको हो । मधेश प्रदेश सभा सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बिद्यालयलाई सघन पोषाक तथा अन्य ब्यवस्थापनमा सहयोग गर्ने ५३ जना सहयोगी दाताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

साथै बिद्यालयले सोही कार्यक्रमका विच रुद्रदिप स्मृती छात्रबृती वितरण तथा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थी सम्मान समेत गरेको जनाएको छ । यस बिध्यालयले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक सहभागिता तथा सहयोग संकलन अभियान संचालन गरेको थियो । अभियानमा सहभागि दाताहरुलाई सम्मान गरिएको बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए ।

बिध्यालय ब्यवस्थापन समितिको अगुवाईमा ५३ जना दाताहरुबाट ६ लाख ८३ हजार ७ सय ६९ रुपैया संकलन भएको बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष बोहराले जानकारी दिए । त्यस मध्य बिद्यालयले ४ लाख ८७ हजार ५ सय रुपैयामा छात्रछात्राहरुको लागि सदन पोषाक खरिद गरिएको र २९ हजार रुपैयामा बिद्यालयको बाल कक्षा ब्यवस्थापन खर्च गरेको उल्लेख गरेको छ ।
यस्तै संकलित रकमबाट बाँकी एक लाख ६७ हजार दुई सय ३९ रुपैया बिद्यालयको नाममा नेपाल बैक हरिवन शाखामा रहेको खातामा मौजाद रहेको बिद्यालय ब्यवस्थापन समितिले जनाएको हो । खरिद गरिएको बिद्यालयको सदन पोषाक छात्रछात्राहरुलाई निःशुल्क वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।

यस्तै बिद्यालयले सोही अवसरमा बिद्यालयका शिक्षक शिक्षिकालाई सम्मान तथा ७ जना शिक्षक शिक्षिकाहरुलाई विदाई समेत गरेको जनाएको छ । बिद्यालयले गत शैक्षिक सत्रमा एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल एक छात्रलाई साईकल पुरस्कार वितरण गरेको थियो । भने, बिद्यालयका दुई उत्कृष्ठ छात्रछात्रा स्मृती बोहरा र रितेश धनुकीलाई रुद्रदीप स्मृती अक्षयकोष पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा उपमेयर लिला कुमारी मोक्तान, स्थानीय तथा सहयोगि डाक्टर उमेश दहाल, बागमती नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, शिक्षा अभियन्ता अभिषेक घिमिरे, बागमती वडानम्बर २ का वडाध्यक्ष टेक बहादुर बल, ३ का वडाध्यक्ष तिलक मोक्तान, शिक्षा संयोजक राज कुमार बिश्वकर्मा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अधिकांश बक्ताहरुले बिद्यालयले सुरुगरेको अभियानको प्रसंशा समेत गरेका थिए । कार्यक्रममा छात्रछात्राहरुले बिद्यालय र बालबालिका प्रति अभिभावकले खेल्नुपर्ने भुमिका बिषयक नाटक तथा नृत्य समेत प्रस्तुत गरेका थिए । यस बिद्यालयले पछिल्लो समय बालबालिकाको सिप विकासका लागि विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...