Tuesday, October 3, 2023

‘जनतासगँ माओवादी’ बिशेष रुपान्तरण अभियानको तयारी पुरा

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही, नेकपा (माओवादी केन्द्र)ले देशैभरी एकसाथ सुरु गर्न लागेको ‘जनतासगँ माओेवादी’ बिशेष रुपान्तरण अभियानको तयारी सर्लाहीमा पनि पुरा भएको छ ।

शनिवार जिल्लाको २० पालिकाका दुई सयवटा वडामा एकैसाथ उद्घाटन हुनलागेको अभियानको सम्पुर्ण तयारी सम्पन्न गरिएको नेकपा (माओवादी केन्द्र) सर्लाहीले जनाएको हो । अभियानको लागि पार्टीले जिल्लाका २० पालिकालाई ७ कमाण्ड क्षेत्रमा विभाजन गरेको छ । भने, प्रतेक कमाण्ड क्षेत्रको नेतृत्व केन्द्रिय सदस्यहरुलाई दिइएको छ ।

तिन महिना सम्म संचालन हुने अभियान अन्तरगत जिल्लाको बागमती नगरपालिका, बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाको ईन्चार्जको जिम्मा पार्टीका केन्द्रिय सदस्य राजु खड्कालाई तोकिएको छ । भने, हरिवन नगरपालिका, हरिपुर नगरपालिका र कविलासी नगरपलिकाको इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य दिपक बहादुर योन्जन र एकराज थापालाई तोकिएको छ ।

यस्तै लालबन्दी नगरपालिका, चन्द्रनगर गाउँपालिका र चक्रघट्ट गाउँपालिकाको इन्चार्जको जिम्मा केन्द्रिय सदस्य सिता दहाललाई दिईएको छ । भने, ब्रम्हपुरी गाउँपालिका, मलंगवा नगरपालिका र कौडेना गाउँपालिकाको इन्चार्जको जिम्मा केन्द्रिय सदस्य ओहिद अन्सारीले पाएका छन् । यस्तै बलरा नगरपालिका र बिष्णु गाउँपालिकाको जिम्मा केन्द्रिय सदस्य रामचन्द्र सिङ कुशवाहले पाएका छन् ।

पार्टीले गोडैता नगरपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाको इन्चार्जको जिम्मेवारी सत्यनारायण भगतलाई दिएको छ । ७ मध्य तिन कमाण्ड क्षेत्रमा महोत्तरी, तिनमा रौतहट र एक कमाण्ड क्षेत्रमा सर्लाही निवासी केन्द्रिय सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकेको हो । सबै कमाण्ड क्षेत्रमा तयारी बैठक तथा छलफल सम्पन्न भएको पार्टीले जनाएको छ ।

अभियानको शनिवार प्रधानमन्त्री तथा पार्टीका केन्द्रिय अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले एकै साथ भर्चुअल माध्यमबाट उट्घाटन गर्ने तयारी छ । अभियान अन्तरगत पहिलो चरणमा उद्घाटन पछि गाउँ तथा वडा तहमा बैठक र छलफल चलाई उल्लेख गरिएको छ । भने, साथमा पार्टीका संगठित सदस्य नविकरण तथा नयाँ सदस्यता वितरण गरिने भएको छ ।

संगठित सदस्यहरुलाई समेत पार्टीले क्षमता र योग्यताको आधारमा विभिन्न समितिहरुका जिम्मेवारी दिने छ । सोही क्रममा पार्टीका विभिन्न समितिहरुलाई पुनः गठन गरिने पार्टीले जनाएको हो । अभियान अन्तरगतनै पार्टीका जनवर्गिय संगठनहरु समेत गाउँ र वडातहबाटै पुनःगठन गरिने उल्लेख गरिएको छ । यसले संगठनको विभिन्न समितिलाई पुनः ताजगिपन मिल्ने उल्लेख छ ।

क्रमैसगँ संगठनका नेतृत्वले अभियानकै क्रममा भुगोल र जनभावना बुझिसकेको अवस्थालाई मध्यनजर गर्दै जनताको घरदैलोमा पुग्ने दावी गरिएको छ । यसरी पार्टीको नेतृत्व गर्दै जनताको घर दैलोमा पुगेका नेताहरुले पार्टीले गरेका कामको बारेमा जानकारी गराउने छन् । भने, साथमा माओवादी पार्टीको नेतृत्वमा गर्नु पर्ने बाँकी काम, पार्टीका कमीकमजोरी र सच्याउन गर्नुपर्ने कामको बारेमा समेत सुझाव संकलन गर्ने छन् ।

अभियानकै क्रममा पार्टीबाट खटिएका नेतृत्वले संघ सरकारले गरिरहेका कामको राम्रो र नराम्रो पक्ष स्थानीय सरकारले गरेका राम्रा र नराम्रा पक्षको बारेमा छलफल गर्नुका साथै सुधारका लागि पहल समेत गर्ने पार्टीले जनाएको छ । नागरिकले पाएको दुखकष्ट समाधानको लागि आवश्कता अनुसार स्थानीय तथा अन्य सरकार बिरुद्ध संगठनले कडा संघर्षका कार्यक्रम समेत सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले शनिवार दिउँसो १ बजे काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको शुरु भएको घोषणा गर्ने तयारी छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...