Tuesday, October 3, 2023

मानव बेचबिखन बिरुद्ध मलंगवामा प्रभात फेरी र कोणसभा

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मलंगवा–मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा सर्लाही सदरमुकाम मलंगवामा प्रभात फेरी र कोणसभा सम्पन्न गरिएको छ ।

बुधवार विभिन्न संघ संगठनको सम्यूक्त आयोजनामा दिवसको अवसरमा सदरमुकाम मलंगवामा प्रभात फेरी निकालिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको हो । जिल्ला प्रशासन कार्यलय अगाडिबाट निस्किएको र्याली नगर परिक्रमा गरी जिल्ला अदालत अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहले मानव बेचबिखन न्युनिकरणको लागि समाजमा बिद्यमान सामाजिक न्याय र आर्थिक सशक्तिकरण प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । समाजमा गहिरिदै गएको आर्थिक संकट, चरम गरिवी तथा अशिक्षा र अज्ञानता मानव बेचबिखनको पहिलो कारण बन्नेको अधिकांश बक्ताहरुको धारणा थियो ।

सम्बोधनकै क्रममा मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रण आजको अपरिहार्यता भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । यो न्युनिकरणको लागि समाजका सबै तह र तप्काले जिम्मेवार बन्नुपर्नेमा उन्ले जोड दिए । गत ६ महिनामा सर्लाहीको बाटोहुदै मानव बेचबिखन तथा तस्करी हुदै गरेको अवस्थामा माईती नेपालले ६६ जनालाई उद्धार गरेको तथ्याङ सार्वजनिक गरेका थिए ।

यस्तै गत आर्थिक बर्षमा नेपाल प्रहरीले भारतमा बेचिएका दुई महिलाको उद्वार गरेको जनाएको थियो । उक्त घटनामा संलग्नलाई पक्राउ गरी पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले उल्लेख गरेको हो । सभालाई नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी, महिला अधिकारकर्मी बनिता कार्की, माईती नेपालका प्रतिनिधि लगाएतले सम्बोधन गरेका थिए ।

मलंगवा नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव अधिकार आयोग, इन्सेक, लगाएत संघ संस्था र कार्यलयको आयोजनामा कार्यक्रम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । ‘‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण : मानव बेचबिखन निर्मुलन’’ भन्ने नारा सहित यसबर्षको मानव बेचबिखन बिरुद्धको दिवस सर्लाही सहित देशैभरी मनाईएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...