Tuesday, October 3, 2023

निजामती सेवा दिवस : मैत्रीपुर्ण फुटवल सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मलंगवा – सर्लाहीमा निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी र जनप्रतिनिधि विच मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न गरिएको छ ।

बिहिवार सदरमुकाम मलंगवा नगरपालिका स्थित कवडहलमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न गरिएको हो । नेपालमा हरेक बर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ । यस बर्षको निजामती सेवा दिवसको नारा ”व्यवसायीक र सृजनशिल प्रशासन : विकास, समृद्धि र सुशासन” तय गरिएको छ ।

दिवसको पुर्व सन्ध्यामा सम्पन्न प्रतियोगितामा कर्मचारी टिमले जनप्रतिनिधि टिमलाई ८–२ गोल अन्तरले पराजित गरेका थिए । प्रतियोगिताको लागि जनप्रतिनिधिको टोली जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहको नेतृत्वमा मैदानमा उत्रीएका थिए ।

यस्तै निजामती कर्मचारीको टोली प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा मैदान उत्रीएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं नापी कार्यलय सर्लाहीका प्रमुख नापी अधिकृत संजय मानन्धरले जानकारी दिए । टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, नेपाल प्रहरीका एसपी नरेशराज सुवेदी लगाएत सहभागी थिए ।

यस प्रकारको खेलले जिल्लामा जनप्रतिनिधि र निजामती कर्मचारी विचको सम्बन्ध मित्रवत रहने तथा सुमधुर सम्बन्ध कायम गर्न मद्धत पुग्ने अपेक्षा गरिएको आयोजकको भनाई छ । खेलमा फुटवल प्रशिक्षक अर्जुन चौधरीले रेफ्रिको भुमिका निर्वाह गरेका थिए । भने, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीको कमेन्ट्रीले खेललाई थप रोमान्चक बनाएको सहभागिहरुको भनाई छ ।

यस्तै निजामती सेवा दिवस–२०८० को मुख्य दिन शुक्रवार सदरमुकाम मलंगवामा प्रभातफेरी, रक्तदान, वृक्षारोपण र सेवा निवृत भएका निजामती कर्मचारीलाई सम्मान तथा विदाई कार्यक्रम राखिएको कर्मचारी मिलन केन्द्रका संयोजक मानन्धरले जानकारी दिए । यसै दिवसको अवसरमा लालबन्दीमा रक्तदान कार्यक्रम तथा आश्रममा खाध्यन्न वितरण सम्पन्न गरिएको थियो ।

कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, सर्लाही र कर्मचारी मिलन केन्द्र सर्लाहीको सम्युक्त आयोजनामा सम्पन्न भएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...