Tuesday, October 3, 2023

मोटरसाईकल दुर्घटनामा परेका संचारकर्मी यादव रहेन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बरहथवा–सर्लाहीको बरहथवामा भएको मोटरसाईकल दुर्घटनामा परेर एक पत्रकारको ज्यान गएको छ । भने, दुईजना घाईते भएका छन् ।

शनिवार साझ बरहथवा–मधुवनी सडक खण्ड अन्तरगत बरहथवा नगरपालिका–८, टाँडी स्थित गर्जाह पुलमा भएको मोटरसाईकल दुर्घटनामा धन्कौल गाउँपालिका–४, महिनाथपुर निवासी २१ बर्षिय अभिषेक यादवको मृत्यु भएको हो । शनिवार रिर्पोटिङ सकेर बागमतीबाट फर्कदै गर्दा यादव सवार मधेश प्रदेश ०३–०८ प ७४९६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको भारतिय नम्बर प्लेट भएको बिआर ३० एक्स ८९८८ नम्बरको मोटरसाईकले ठक्कर दिएको थियोे ।

दुर्घटनामा टाउँकोमा गम्भिर चोट लागेका उन्लाई न्युरो अस्पताल कलैया पुर्याइएको थियो । उन्को उपचारकै क्रममा आईतवार दिउसो ज्यान गएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको हो । यस्तै घटनामा यादव सवार मोटरसाईकलका चालक धन्कौल–४, महिनाथपुर निवासी २७ बर्षका रुपेश यादव र ठक्कर दिने ८९८८ नम्बरको मोटरसाईकलका चालक ३७ बर्षका रामजनक चौधरी सामान्य घाईते भएका थिए ।

उनीहरु दुवै जना स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर फर्किसकेका छन् । मृतक यादव प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका कार्यसमिति सदस्य समेत हुन् । उन्ले स्थानीय रेडियो स्टेशनबाट पत्रकारिता सुरु गरेका हुन् । उनी पछिल्लो समय कुशल कृकेट कमेन्टेटरका रुपमा समेत स्थानीय स्तरमा परिचित थिए ।

पत्रकार यादव केही समय देखी सर्लाहीबाट मधेश पार्टी अनलाईनमा काम गरिरहेका थिए । उनको असामयिक निधनले संगठनसगैँ सिंगो समाजलाई गम्भिर क्षती पुगेको प्रेस सेन्टरका जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष श्रवण थापाले बताए । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले मृतक यादव प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै, शोकाकुल परिवारजन प्रति सम्बेदना प्रकट गरेको छ । साथै घटनाको सत्यतथ्य छानविन गरी पिडितलाई न्याय दिन समेत आग्रह गरेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...