Tuesday, January 21, 2025

लायन्स क्लव काठमाण्डौ सत्कर्मद्वारा विपन्न बालबालिकालाई सहयोग

ताजा / भरखरै प्राप्त

सर्लाही–लायन्स क्लव काठमाण्डौ सत्कर्मले जिल्लाका विभिन्न स्थानका विपन्न बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेश्नरी सहयोग गरेको छ ।

सोमबार क्लवले हरिवनमा रहेको सर्भिसफर पिस नेपाल, हरिवनमा रहेको एक आधारभुत बिद्यालय र बरहथवामा रहेको मुहसर बस्तीका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेश्नरी वितरण गरेको हो । बढ्दै गएको चिसोका कारण प्रभावित बालबालिकाहरुको लागि न्यानो कपडा र पठनपाठनमा सहयोग पुर्याउने उद्येश्य सहित स्टेस्नरी सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

लायन्स क्लव काठमाण्डौ सत्कर्मले हरिवन नगरपालिका–९, मा रहेको सर्भिस फर पिस नेपालमा आश्रित १५ जना बालबालिकाहरुलाई न्यानो कपडा ट्रयाकसुट, स्टेश्नरी सामान सहितको हाईजेनिक किट प्रदान गरेको क्लवकी अध्यक्ष मिना शेयरचनले जानकारी दिईन् । बितरण कार्यक्रममा सर्भिस फर पिस नेपालका संचालक सदस्य मनिष बरालले संस्थाको बारेमा प्रष्टपार्दै अतिथिहरुलाई स्वागत गरेका थिए ।

सर्विस फर पिसका अध्यक्ष समेत रहेका स्वर्गिय सरोज खनालले संस्थाको माध्यमबाट देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता क्षेत्रमा पुर्याउनु भएको योगदानको कार्यक्रममा चर्चा गर्नुका साथै उहाँको संझनामा सहभागिहरुले एक मिनेट मौनधारण समेत गरे ।
यस्तै लायन्स क्लव काठमाण्डौ सत्कर्मले जिल्लाको बरहथवा नगपालिका–५, मा रहेको डोम बस्तीमा पुगेर न्यानो कपडा टोपी, ओड्ने (पछ्यैरा) लगाएतका सामाग्री वितरण गरेको जनाएको छ । विपन्न समुदाय पछिल्लो समय बढेको चिसोका कारण प्रभावित बन्दै गएकोले उनीहरुलाई थोरै भएपनि न्यानो प्रदान गर्ने उध्येश्य सहित सामाग्री वितरण गरिएको संस्थाकी महासचिव जिन्तु नकर्मी खनालले बताईन् ।

उक्त क्लवले हरिवन नगरपालिका–१, पटौनाम रहेको श्री आधारभुत प्राथमिक बिध्यालयमा अध्यनरत बालबालिकाहरुलाई स्टेश्नरी सामाग्री समेत वितरण गरिएको छ । बिद्यालयमा कक्षा १ देखी ५ सम्म अध्यन गर्ने बालबालिकाहरुलाई स्टेस्नरी वितरण गरिएको संस्थाले जनाएको हो । आफ्नो वडाका विपन्न बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गर्न स्टेस्नरी लिएर आएको भन्दै लायन्स क्लव काठमाण्डौ सत्कर्मलाई वडाध्यक्ष टम बहादुर घिसिङले धन्यवाद समेत ज्ञापन गरे ।

लायन्स क्लव काठमाण्डौ सत्कर्मकी अध्यक्ष शेयरचन नेतृत्वको टोली उक्त सामाग्री लिएर वितरणको लागि सर्लाही आईपुगेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles