Wednesday, January 15, 2025

यातायात कार्यालय मलङ्गवाबाट ६ करोड बढी राजस्व सङ्कलन

ताजा / भरखरै प्राप्त

मलङ्गवा-यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले गत आर्थिक वर्षमा ६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्र यस यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले ६ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेश कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकर बापत १४ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै पटके, रुट पर्मिट लगायतको कारवाहीबाट २ लाख ९२ हजार ८ सय ४० रुपैयाँ, चालक अनुमति पत्र र सवारी दर्ता किताब नवीकरण बापत एक करोड ४६ लाख ३८ हजार ३ सय १५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताउनु भयो । सवारी साधन करबाट यस कार्यालयमा ४ करोड ७३ लाख ११ हजार ४ सय ३६ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

यस कार्यालयले गत आर्थिक वर्षको चैत मसान्त अर्थात ३० गते राती १२ बजे सम्म एकै दिनमा ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेश प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहा सम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राती १२ बजे सम्म मलङ्गवा कार्यालयमा भिड लागेको थियो ।

उक्त दिन ७० लाख बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताउनु भयो । ‘‘हामीले चैत मसान्तमा एकै दिन ७० लाख सम्म राजस्व सङ्कलन गरेका थियौँ ।’’ उहाँले भन्नु भयो, ‘‘ राती १२ बजे सम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट लाइसेन्स परीक्षा (ट्रायल) समेत सुरु गरेका छौँ ।यसले सेवा ग्राहीलाई थप सुविधा पुगेको छ । भने, हाम्रो राजस्व सङ्कलन दायरा समेत फराकिलो भएको छ ।’’ २०८० साल मंसिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो ।

यस पहिला यातायात सम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिवास सम्म धाउनु पर्ने बाध्यता थियो । त्यो समस्या समेत समाधान भएको सवारी दर्ता किताब नवीकरणको लागि सोमबार कार्यालय आउनु भएका सर्लाहीको हरिवन नगरपालिका–३, निवासी रमा कोइरालाले प्रतिकृया दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles