राजु तामाङ, बागमती–तामाङ पत्रकार सङ्घ सर्लाहीको अध्यक्षमा पुनः चन्द्र बहादुर जिम्बा चयन भएका छन् ।
शनिबार बागमती नगरपालिका–१२, स्थित कल्साङ छ्योई खोर्लिङ गुम्बाको सभाहलमा सम्पन्न शाखाको चौथो जिल्ला अधिवेशनले जिम्बाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । सङ्घका निवर्तमान अध्यक्ष तथा रेडियो दर्शनको कार्यक्रम संयोजक समेत रहेका जिम्बाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा(एस)का जिल्ला अध्यक्ष सुरेन्द्र लामा प्रमुख अतिथि रहेका थिए ।
सङ्घको उपाध्यक्षमा ज्योति मोक्तान, सचिवमा उदय पाख्रिन, सहसचिवमा प्रदिप भोलन र कोषाध्यक्षमा प्रमिला थिङ चयन भए । भने, सदस्यहरूमा राजकुमार गोले, राजकुमार मोक्तान, रेणु थिङ, साङछेन दोर्जे वाइबा, मन्जिता ब्लोन, शेरब ग्याल्छेन योन्जन र कमान सिङ बोम्जन चयन भएका तामाङ पत्रकार सङ्घ सर्लाहीले जनाएका हो ।
कार्यक्रमका अधिकांश वक्ताहरूले पत्रकारिता क्षेत्रलाई सङ्ख्यात्मक भन्दा पनि गुणात्मक किसिमले विकास गर्नु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष टंक बहादुर क्षेत्रीले पत्रकार र पत्रकारिता जुन समुह वा समुदायको भएपछि साझा हुने भन्दै यस क्षेत्रको विकासमा आफू सदैव तयार रहेको बताए । उनले पत्रकारिता पछिल्लो समय समाजको लागि हुन नसकेको कुरामा सबैको ध्यानाकर्षण समेत गराए ।
सङ्घका केन्द्रीय सदस्य राजु लो तामाङको विशिष्ट आतिथ्यता रहेको भेलामा नेपाल तामाङ घेदुङको सङ्घीय सचिवालय सदस्य तथा मधेस प्रदेश अध्यक्ष यमलाल गोले, घेदुङका सङ्घीय सदस्य जयमान पाख्रिन, प्रदेश उपाध्यक्ष संजीव मोक्तान, नेपाली काङ्ग्रेसकी प्रदेश सदस्य सोनी कुमारी बोम्जन, काङ्ग्रेस नेता शेर बहादुर योन्जन, पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, प्रेस सेन्टर नेपालका अध्यक्ष श्रवण थापा, फोनिज अध्यक्ष घनश्याम बलम्पाकी, सङ्घका सल्लाहकार धर्म लाल गोले, बागमती नगर घेदुङ अध्यक्ष जय गोले, हरिवन नगर घेदुङकी कोषाध्यक्ष तारा कुमारी घलान लगायतको आतिथ्यता रहेको थियो ।