Thursday, January 16, 2025

तीन मोटरसाइकल ठोक्कियो, चार जना घाइते

ताजा / भरखरै प्राप्त

मलङ्गवा–नवलपुर–मलङ्गवा सडक खण्डमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा  चार जना घाइते भएका छन् । 

शनिबार मलङ्गवा नगरपालिका–४, स्थित ट्रायल सेन्टर अगाडि मलङ्गवाबाट कबिलासी तर्फ जाँदै गरेको मे ४ प ७२८९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ बिपी ६५२५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । 

प्रहरीका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकल नजिकै रोकी राखेको भारतीय बिआर ३० भि ३० ९८ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । घटनामा ५६२५ नम्बरको मोटरसाइकल चालक मलङ्गवा नगरपालिका १० बस्ने १८ वर्षका अभिषेक राय र मोटरसाइकलमा सवार मलङ्गवा नगरपालिका–४, निवासी १७ वर्षका दिपेश राय रहेका छन् । 

घाइते भएका रायको दायाँ खुट्टाको बूढी औलामा गहिरो चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि चितवन स्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको हो । भने, रायको दायाँ खुट्टाको घुँडाको हड्डी भाँचिएको र प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार पछि थप उपचारको लागि जनकपुर रिफर गरिएको छ ।

यस्तै सोही दुर्घटनामा ७२८९ नम्बरको मोटरसाइकल चालक भारतको मोतिहारी घर भइ सर्लाहीको मलङ्गवा नगरपालिका–८, बस्ने २३ वर्षका आकाश मिश्र र मोटरसाइकलमा सवार चक्रघट्ट गाउँपालिका–७, बस्ने १८ वर्षका इन्दल राय घाइते भएका हुन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

मिश्रको शरीरको विभिन्न भागमा चोट देखिएको र स्थानीय म्याक्स अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको हो । भने, मोटरसाइकलमा सवार रायको दाहिने खुट्टाको घुँडामा चोट देखिएको र प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार पछि थप उपचारको लागि जनकपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । 

घटनामा संलग्न तीन वटै सवारी नियन्त्रणमा राखेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles