Thursday, January 16, 2025

प्रथम जिरायत कप : महाकाली फाइनलमा प्रवेश

ताजा / भरखरै प्राप्त

राजु तामाङ, बागमती– सर्लाहीको बागमतीमा जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा महाकाली युवा क्लब लालबन्दी फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बागमती फुटबल एकेडेमी बागमतीलाई सडनडेथमा पराजित गर्दै महाकाली युवा क्लब लालबन्दी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३० औँ मिनेटमा दोर्जे घिसिङको गोलबाट बागमती फुटबल एकेडेमीले अग्रता कायम गरेको थियो । तर, पहिलो हाफको अतिरिक्त समयमा महाकालीका डम्बर विश्वकर्माले गोल फर्काउदै खेल बराबरीको स्थितिमा पुर्याएका थिए ।

दोस्रो हाफमा कुनै गोल हुन नसकेका पछि खेल बराबरीमा सकिएको थियो । त्यसपछि भएको ट्राइबेकरमा समेत दुवै टिमबाट ३–३ गोलको बराबरी भएपछि सडनडेथबाट खेलको निर्णय लिइएको हो । सडन डेथमा महाकाली युवा क्लब लालबन्दी भाग्यमानी सावित भयो । जित सँगै महाकाली युवा क्लब लालबन्दीले पनि प्रतियोगिताको कम्तिमा उपविजेताको उपाधि रक्षा गरिसकेको छ । महाकालीका खेलाडि डम्बर विश्वकर्मा आजको म्यान आफ द म्याच घोषित भए ।

यस्तै प्रतियोगिताको पहिलो सेमिफाइनलमा रतनपुर युनाइटेड युथ क्लब बारालाई २–१ गोल अन्तरले पराजित गर्दै आरएफसी हरिवन फाइनलमा प्रवेश गरिसकेको छ । बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत बिहीबार हुने फाइनल खेलमा आरएफसी हरिवन र महाकाली युवा क्लब लालबन्दीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए । ‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles