Thursday, January 16, 2025

रामनगरमा कडा सुरक्षाका बिच मन्दिर उद्घाटन र पार्टी प्रवेश कार्यक्रम

ताजा / भरखरै प्राप्त

रामनगर–सर्लाहीको रामनगरमा कडा सुरक्षाका बिच मन्दिर उट्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार रामनगर गाउँपालिकामा मा दुई फरक पार्टीले धार्मिक तथा राजनीतिक सभा राखे पछि सुरक्ष व्यवस्था कडा बनाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाका बिच शान्तिपूर्ण ढंगले दुवै कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका कार्यालय नजिकै वडानम्बर–३, मा सविधान सभा सदस्य तथा माओवादी केन्द्रका नेता शिवपुजन राय यादवको प्रमुख आतिथ्यतामा गढिमाई मन्दिरको उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो ।

यस्तै चार सय मिटरको दुरी वडानम्बर–१, मा नेपाली कांग्रेसले नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम राखेको हो । कार्यक्रमको दौरान दुई पार्टीका नेता कार्यकर्ता बिच मुडभेटको अवस्था आउने आंकलन सहित हिजो देखीनै उक्त स्थान आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको एक सुरक्षा अधिकारीले जानकारी दिए । दुर्घटनाको जोखिम रहेकोले दुवै समुहलाई छलफल मार्फत समस्याको हल गर्न आग्रह गरिएको एक अधिकारीले बताए ।

बिहान दुवै पार्टीका नेता सहित जिल्लाका उच्च सुरक्षा अधिकारीहरु बिच भएको बैठकबाट एक अर्काको कार्यक्रम नविथोल्ने तथा समय हेरफेर गरेर कार्यक्रम सम्पन्न गर्ने सहमती भएको थियो । सोही अनुसार शान्तिपूर्ण ढंगले कार्यक्रम सम्पन्न भएको एक नेताले जानकारी दिए । कार्यक्रम स्थल आसपासमा बिहानै देखी ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

यस क्षेत्रमा संविधान सभा सदस्य तथा प्रभावशाली नेकपा माओवादी केन्द्रका नेता यादव र नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंह बीच द्धन्द्धात्मक सम्बन्ध रहदै आएको छ । यस पहिला पनि सभा तथा सम्मेलनको नाममा यस क्षेत्रमा राजनीतिक द्धन्द्धको अवस्था रहने गरेको स्थानीयको भनाई भनाई छ ।

यस्तै पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौँको संख्यामा काँग्रेस प्रवेश गरेको जिल्ला सभापति सुरेन्द्र सिंहले दावी गरे । कार्यक्रममा माननिय जंगिलाल यादव, पूर्व स्वास्थ्य मन्त्री एवं मधेश प्रदेश उपसभापति विरेन्द्र सिंह सहित दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो ।

यता नेकपा माओवादी केन्द्रका नेता एवं माननिय शिवपुजन रायले पूर्व निर्धारित गढीमाई मन्दिर उदघाटन कार्यक्रम प्रभावित बनाउने आशयले आजकै दिन नेपाली काँग्रेसले पार्टी प्रवेश कार्यक्रम राखेको आरोप लगाए । धार्मिक सद्भाव खलल पुर्याउने उद्देश्य सहित कांग्रेसले नजिकै कार्यक्रम गरेर दुर्घटना निम्त्याउने प्रयास गरेको उहाँको आरोप छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles