मलङ्गवा– सर्लाही सदरमुकाम मलङ्गवामा खाडलमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
शनिबार दिउसो मलङ्गवा नगरपालिका–११, ठुलो पल्सी बस्ने इजहारुल अन्सारीकी ४ वर्षकी छोरीका खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको हो । खेली रहेको अवस्थामा बालिका आफ्नै घरको चापाकलको पानी जमाउन खनेको खाडलमा डुबेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
घटना लगतै पुगेको प्रहरी टोलीले बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल पुर्याएको थियो । बालिका सुस्त मनस्थितिको रहेको परिवारजनले जनाएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।