हरिवन–मधेश प्रदेशमै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनेको हरिवन नगरपालिकाले स्वास्थ्य कर्मचारी तथा विभिन्न निकायलाई सम्मान गरेको छ ।
सोमबार नगरपालिका कार्यलयमा आयोजित कार्यक्रमका बिच नगरका स्वास्थ्यकर्मी तथा विभिन्न निकायलाई सम्मान पत्र सहित सम्मानित गरिएको नगर स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए । यस पालिका स्वास्थ्य क्षेत्रमा प्रदेश भरीका १ सय ३६ पालिका मध्यमा उत्कृष्ट पालिको रुपमा सम्मानित भएको थियो ।
स्वास्थ्य क्षेत्रमा विगत दुई वर्ष देखी उत्कृष्ट पालिकाको रुपमा सम्मानित हुँदै आएको यस पालिकालाई यहाँ सम्म पुर्याउन योगदान दिने स्वास्थ्यकर्मी तथा अन्य निकायलाई समेत सम्मान गरिएको प्रमुख चौधरीले जानकारी दिए । कार्यक्रममा नगर स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य क्षेत्रमा कृयासिल सङ्घ संस्था, सञ्चारमाध्यम तथा सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको हो ।
निवर्तमान रक्षा मन्त्री तथा प्रतिनिधि समा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा नगरका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर संजय कुमार ठाकुर, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण कुमार नायक, आपुर्ति व्यवस्थापक डाक्टर राजिव कुमार झा, तालिम केन्द्र पथलैयाका गिरेन्द्र कुमार झा लगाएको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको नगरपालिका कार्यलयले जनाएको हो । कार्यक्रमका अधिकांश वक्ताहरूले नगरको स्वास्थ्य व्यवस्थाको थप प्रगतिको कामना समेत गरे ।