Wednesday, January 15, 2025

सर्लाहीको बागमतीमा अभिभुखिकरण गोष्ठी सम्पन्न

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, बागमती– डेङ्गी तथा किट जन्य रोग नियन्त्रणको लागि बागमतीले सरोकारवाला निकाय सँगको अभिमुखीकरण सम्पन्न गरेको छ । 

बिहीबार बागमती नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच डेङ्गु लगायत किट जन्य रोग नियन्त्रण तथा लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट सम्बन्धमा सरोकारवाला निकाय सँग छलफल गरिएको हो । कार्यक्रममा नगरमा डेङ्गी तथा किट जन्य रोग सङ्क्रमणको अवस्था तथा यसको नियन्त्रणको विषयमा छलफल गरिएको भएको नगर स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिए । 

कार्यक्रममा सहभागीहरूले लामखुट्टे नियन्त्रणको लागि समुदायका सम्पूर्ण तहतप्काले एक जुट हुनुपर्ने बताए । बागमती नगरपालिकामा गत वर्ष पनि ठुलो सङ्ख्यामा डेङ्गी सङ्क्रमित फेला परेकाले पूर्व तयारी गरिएको पालिकाले जनाएको हो । डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि गाउँघरमा सरसफाइ लगायतका काम गर्ने तयारी गरिएको नगरका स्वास्थ्य शाखा संयोजक रायमाझीको भनाई छ । 

विषेश गरेर डेङ्गी जन्य रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेबाट बच्न तथा यसको बास स्थान पहिचान गरी नष्ट गर्न स्वास्थ्यकर्मीहरूले जोड दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles