Wednesday, January 22, 2025

निशुल्क शिविर : १४६४ जनाको आँखा जाँच, २३३ जनामा मोतिया बिन्दु 

ताजा / भरखरै प्राप्त

सरिता सापकाेटा, बागमती-सर्लाहीको बागमतीमा जारी निशुल्क आखा शिविरमा छैटौँ दिनको स्कृनिङ शिविर सम्पन्न भएको छ । 

बुधबार बागमती नगरपालिका–१२, स्थित जन जाग्रीती आधारभुत विद्यालय बथनियामा छैटौँ दिनको स्कृनिङ सम्पन्न भएको हो । स्कृनिङ शिविरमा १ सय १६ जनाले आँखा जाँच गराएका थिए । त्यस मध्य १७ जनामा मोतिया बिन्दुको समस्या फेला परेको आयोजक बागमती नगरपालि स्वास्थ्य शाखा संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए । 

यो सँगै जारी शिविरमा आँखा जाँच गराउनेको सङ्ख्या एक हजार चार सय ६४ जना पुगेको छ । भने, दुई सय ३३ जनामा मोतिया विन्दुको समस्या फेला परेको छ । पालिकाका विभिन्न ८ स्थानमा स्कृनिङ गरिएको स्वास्थ्य शाखा उपसंयोजक आनन्दमोहन झाले जानकारी दिए । शिविर अन्तरगत बिहीबार बागमती नगरपालिका–१, स्थित जनता माध्यामिक विद्यालय मिलनचोकमा स्कृनिङ शिविर संचालन गरिने आयोजकले जनाएको हो ।

बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको हो । गत माघ ४ गतेबाट सुरु भएको शिविर ११ गते सम्पन्न हुने आयोजकले जनाएको छ । स्कृनिङ शिविरमा फेला परेका मोतिया बिन्दुका विमारीलाई माघ १२ देखी १४ गते सम्म बागमतीमै शल्यक्रिया गरिने भएको छ । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ टोली खटिएका नगरपालिकाले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles