बागमती–सर्लाहीको बागमतीमा जारी निशुल्क आँखा शिविरको दोस्रो दिन ३३९ जनाले आँखा जाँच गराएका छन् ।
शुक्रबारबाट सुरु भएको निशुल्क आँखा शिविरमा दोस्रो दिन ३३९ जनाको आँखा जाँच गराएका आयोजक बागमती नगर स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिनुभयो । शिविरमा जाँच गरिएका मध्यमा ३६ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । शिविर अन्तरगत आज बागमती नगरपालिका–७, स्थित जानकी जनता प्राथमिक विद्यालय प्राङ्गणमा स्कृनिङ सम्पन्न भएको थियो ।
यो सँगै शिविरमा आँखा जाँच गराउने ५७९ जना पुगेका छन । भने, ७९ जना मोतिया बिन्दुका विमारी फेला परेका आयोजक बागमती नगरपालिकाले जनाएको हो । बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन भएको हो । उहाँहरूलाई आँउदो १२ गते देखी १४ गते सम्म बागमतीमै शल्यक्रिया सेवा प्रदान गरिने भएको छ ।
शिविर अन्तरगत भोलि आइतबार बागमती नगरपालिका–८, स्थित नव जनजागरण माध्यामिक विद्यालय गाजली चोकमा शिविर सञ्चालन गरिने भएको छ । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ टोली खटिएका नगरपालिकाले जनाएको हो ।