Thursday, January 16, 2025

२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बागमतीमा कृत्रिम अभ्यास (फोटोफिचर)

ताजा / भरखरै प्राप्त

बागमती– २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सर्लाहीको बागमतीमा पनि कृत्रिम अभ्यास सम्पन्न गरिएको छ । 

बुधबार बागमती नगरपालिका–५, सोल्टी स्थित श्री जनता नमुना माध्यामिक विद्यालयमा अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । रेडक्रस उपशाखा शङ्करपुर तथा जुनियर रेडक्रसका युवा युवतीहरूको उपस्थितिमा विद्यालयमा भूकम्पको समयमा अपनाउनु पर्ने सावधानको विषयमा अभ्यास गरिएको प्रधानाध्यापक लोकनाथ दहालले जानकारी दिनुभयो ।

अभ्यासका क्रममा भूकम्पको धक्का महसुस भएपछि तत्काल नआत्तिकन सुरक्षित स्थानमा जाने, भूकम्पले पारेको क्षतिको तत्काल विवरण सम्वन्धीत निकायमा जानकारी गराउने, चोरी तथा अफवाहका घटनाको जोखिम आँकलन गरी सचेत हुने, भूकम्पको कारण पीडित भएका परिवारलाई सहयोग पुर्याउने लगायतका कृयाकलाप प्रदर्शनी गरेका थिए ।

विद्यालयका अनुसार उक्त प्रदर्शनीमा मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाका प्रमुख आतिथ्यता तथा बागमती–८, का वडाध्यक्ष डम्बर बहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles