Thursday, January 16, 2025

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मधेश प्रदेशको दोस्रो परिषद सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाही– नेकपा माओवादी केन्द्र निकट शिक्षक सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मधेश प्रदेशको दोस्रो परिषद सम्पन्न भएको छ । 

शनिबार महोत्तरीको बर्दिबासमा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोख्रेलको प्रमुख आतिथ्यतामा सङ्गठनको दोस्रो परिषद सम्पन्न भएको हो । परिषदमा सङ्गठनको एजेन्डाको रुपमा शैक्षिक मरुभुमी करण बन्दै मधेश प्रदेश शीर्षकमा प्रतिवेदन समेत प्रस्तुत गरिएको सङ्गठनका केन्द्रिय सचिव तथा प्रदेश अध्यक्ष भुपनारायण अधिकारीले जानकारी दिए ।

उक्त विषयलाई छलफलको लागि जनमानसमा लैजाने समेत परिषदले निर्णय गरेको अध्यक्ष अधिकारीको भनाई छ । उक्त प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बिजुली वन लागायतका विषय मधेश प्रदेशमा लथालिङ्ग रहेको अवस्थालाई प्राथमिकताका साथ समेटिएको छ । यसरी समेटिएका विषयहरूमा पार्टीलाई समेत ध्यानाकर्षण गराई नागरिकको सेवाको निम्ति विभिन्न कार्यक्रम बनाउन आग्रह गरिएको उनले बताए । 

मधेश प्रदेशको शैक्षिक अवस्था प्रतिवेदनमा चित्रण गरिएको कार्यक्रमका अध्यक्ष समेत रहेका अधिकारीले बताए । मधेश प्रदेश सरकारले शिक्षा क्षेत्रको उन्नतिको लागि ठोस कदम चाल्न नसेको उनको भनाई थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मधेश प्रदेश सरकारको अहिले शिक्षा क्षेत्रमा गरेकै गतिविधिले मधेशलाई योग्य नागरिक दिन नसक्ने कुरामा जोड समेत दिए । 

कार्यक्रममा सङ्गठनका केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य शङ्कर अधिकारी, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संसदीय दलका नेता भरत साहको विशिष्‍ट आतिथ्यता रहेको थियो । भने, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय उपाध्यक्ष किरण यादव, केन्द्रिय उपमहासचिव दिनेश राय, केन्द्रिय सचिव देविदत्त प्रसाद यादव, केन्द्रिय सचिव राजवीर महतो, सल्लाहकार परिषद सचिव देविदत्त पौडेल लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक सङ्गठनका प्रदेश महासचिव गुलाबचन्द्र यादवले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles