Tuesday, January 21, 2025

दुर्घटनामा घाइते पुरुषको उपचारको क्रममा ज्यान गयो

ताजा / भरखरै प्राप्त

गोडैता–सर्लाहीको गोडैतामा भएको सवारी दुर्घटनाका घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । 

स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका गोडैता नगरपालिका–४, रोहुवा निवासी ४५ वर्षका देवनारायण पण्डितको उपचारको क्रममा मृत्यु भएको हो । थप उपचारको लागि काठमाडौँ पुर्‍याएपछि आज बिहान चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । आइतबार साँझ हुलाकी सडक खण्ड अन्तरगत गोडैता नगरपालिका–४, रोहुवामा पण्डित सवार मोटरसाइकललाई स्कारपियोले ठक्कर दिएको थियो । 

मलङ्गवाबाट बैजनाथ चोक तर्फ जाँदै गरेको भारतीय नम्बर भएको बिआर ३० एए ४७०२ नम्बरको स्कारपियोले विपरित दिशाबाट आँउदै गरेको बिआर ०५ एच ५७४८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक गोडैता नगरपालिका–५, बस्ने ५० वर्षका रामानन्द महतोको हात र खुट्टामा चोट लागेको थियो । भने, पण्डितको अनुहार र दायाँ खुट्टामा चोट लागेको थियो । 

मलङ्गवा स्थित प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौँ पुर्‍याएपछि पण्डितको मृत्यु भएको हो । भने, अर्का घाइते महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles