Tuesday, January 28, 2025

निशुल्क शिविर : १७७९ जनाको आँखा जाँच, २८३ जनामा मोतिया बिन्दु 

ताजा / भरखरै प्राप्त

बागमती-सर्लाहीको बागमतीमा जारी निशुल्क आखा शिविरमा सातौँ दिनको स्कृनिङ शिविर सम्पन्न भएको छ । 

बिहीबार जिल्लाको बागमती नगरपालिका–१, स्थित जनता माध्यामिक विद्यालय मिलनचोकमा सातौँ दिनको स्कृनिङ शिविर सम्पन्न गरिएको हो । स्कृनिङ शिविरमा ३ सय १५ जनाले आँखा जाँच गराएका थिए । त्यस मध्य ५० जनामा मोतिया बिन्दुको समस्या फेला परेको आयोजक बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए । 

यो सँगै जारी शिविरमा आँखा जाँच गराउनेको सङ्ख्या एक हजार सात सय ७९ जना पुगेको छ । भने, दुई सय ८३ जनामा मोतिया विन्दुको समस्या फेला परेको उहाँले बताउनु भयो । पालिकाका विभिन्न ८ स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा उपसंयोजक आनन्दमोहन झाले बताउनु भयो । शिविर अन्तरगत शुक्रबार बागमती नगरपालिका–५, स्थित सोल्टीमा रहेको जनता नमुना माध्यामिक विद्यालयमा अन्तिम स्कृनिङ आयोजना गरिने भएको छ । 

बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा गत माघ ४ गतेबाट ८ दिने शिविर सुरु भएको हो । स्कृनिङ शिविरमा फेला परेका मोतिया बिन्दुका विमारीलाई माघ १२, १३ र १४ गते शल्यक्रिया सेवा प्रदान गरिने आयोजकले जनाएको हो । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ टोली खटिएका नगरपालिकाले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles