Thursday, January 30, 2025

नेता साहले किन छाडे जसपा ?

ताजा / भरखरै प्राप्त

बागमती-जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता प्रमोद साहले पार्टी परित्यागको घोषणा गरेका छन् ।

बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै सर्लाही क्षेत्र नम्बर १ का पूर्व प्रतिनिधिसभा सदस्य समेत रहेका नेता साहले परित्याग गरेका हुन् । उनले विज्ञप्तिमा पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पार्टी अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि पोखेका साहले साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल छाडेको घोषणा गरेका हुन् । 

साहले गत असारमा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको उनको गुनासो छ । पदाधिकारी तथा कार्यकारिणी सदस्य नियुक्त गर्दा सर्लाही जिल्लालाई नसमेटिएको साहले विज्ञप्तिमा भनेका छन् । 
केन्द्रीय अध्यक्ष, प्रदेश अध्यक्ष, इन्चार्ज लगायतलाई भेटेर आफूले जिल्लाका नेताहरुलाई पटक पटक जिम्मेवारीमा समेट्न बारम्बार आग्रह गर्दा समेत सुनवाई नभएको साहले बताए । आफूले बाध्यताले २७ वर्षको मधेश केन्द्रीत राजनीतिको लामो यात्रा पश्चात पहिलो पटक राजिनामा दिएको उल्लेख गरेका उनले अबको यात्रा के हुने खुलाएका छैन्न । 

साहको पार्टी परित्यागको घोषणा पछि एकपछि अर्को गर्दै जसपा नेपाल सर्लाहीका अन्य नेताहरूले समेत राजिनामा घोषणा गरेका छन् । केही दिनअघि जिल्ला अध्यक्ष वीरेन्द्र यादव सहित दर्जनौँ नेता, कार्यकर्ताले जसपा नेपाल परित्याग गरेको घोषणा गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles