Tuesday, January 21, 2025

ल्होछारको अवसरमा भरत तालमा शिव परियार लगायतले गित गाउँने

ताजा / भरखरै प्राप्त

बागमती–नेपाल तामाङ घेदुङ बागमती नगर समितिले भरत तालमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 

तामाङ समुदायले प्रतेक वर्ष ल्होसारलाई नयाँ वर्ष तथा मुख्य पर्वको रुपमा भव्यताका साथ मनाउँदै आएका छन् । सोही अन्तरगत गत वर्ष जस्तै घेदुङ नगर समितिले माघ १८ गते शुक्रबार बागमती–४, १२ मा रहेको पर्यटकीय स्थल भरत ताल परिसरमा शुभकामना आदान प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको घेदुङका नगर सल्लाहकार तथा कार्यक्रम संयोजक रोशन दोङले जानकारी दिए । 

तामाङ समुदायले यस वर्षको ल्होसारलाई मञ्जुश्री सम्वत् २८६१ डुल÷सा पुख्री (सर्प वर्ग) ल्हो सोनाम ल्होसार रुपमा मनाउँदै छन् । भव्य सांस्कृतिक कार्यक्रममा तामाङ समुदायको भेषभुषा सहित झाकी तथा नृत्य समेत प्रस्तुत गरिने आयोजकले जनाएको हो । समुदायको संस्कार संस्कृतिको संरक्षण तथा सम्बर्धनका लागि समेत यस्ता कार्यक्रम आयोजना आवश्यक रहेको घेदुङ बागमतीका अध्यक्ष जय गोलेले बताए ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको उपस्थिति रहने छ । कार्यक्रम संयोजक दोङका अनुसार गायिका इन्दिरा गोले, गायक शिव परियार, टिका बम्जन, प्रकाश तितुङ तामाङ, संजिव घिसिङ, प्रभात दोङ र समर तामाङले समेत प्रस्तुती दिने छन् । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles