राजु तामाङ, लालबन्दी– थारू नयाँ वर्षको पूर्व सन्ध्यामा सर्लाहीका थारू समुदायले मोटरसाइकल र्याली निकालेका छन् ।
शनिबार साँझ थारू कल्याण कारिणी सभा जिल्ला समिति सर्लाहीको आयोजनामा थारू समुदायको बसोवास रहेका गाउँगाउँबाट मोटरसाइकल र्याली निकालिएको जिल्ला अध्यक्ष सूर्य नारायण चौधरीले जानकारी दिए । माघी थारू सम्वत् १६४८ एवं ९ औँ तिलासङ्क्रान्ति अवसरमा सौहार्द्रपूर्ण मोटरसाइकल र्याली निकालिएको सभाले जनाएको हो ।
र्यालीमा यस समाजका अगुवा व्यक्तित्वहरू समेत सहभागिता रहेको जिल्ला अध्यक्ष चौधरीले बताए । विगत ९ वर्ष देखी हरेक वर्ष तिलासङ्क्रान्ति तथा थारू नयाँ वर्ष मनाउन थालिएको हो । जिल्लाका थारू समुदायहरू एकै ठाउँमा भेला भएर विभिन्न कार्यक्रमको आयोजना गरी तिला सङ्क्रान्ति तथा थारू नयाँ वर्ष मनाउने गरिएको अध्यक्ष चौधरीले जानकार दिए ।
कार्यक्रममा थारू कल्याण कारिणी सभाका केन्द्रिय सदस्य आश नारायण चौधरी, पूर्व केन्द्रिय महामन्त्री अमिरी चौधरी, पूर्व केन्द्रिय सल्लाहकार उदय नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।