Wednesday, January 29, 2025

सर्लाहीमा माओवादी केन्द्रद्वारा मसाल जुलुस प्रदर्शन

ताजा / भरखरै प्राप्त

बागमती–बागमती नगरपालिकाका जनप्रतिनिधि विरुद्ध झुटा मुद्दा लगाउने प्रपञ्च गरेको भन्दै माओवादी केन्द्र सर्लाहीले मसाल जुलुस प्रदर्शन गरेको छ । 

आइतबार साँझ नेकपा माओवादी केन्द्रले बागमती नगरपालिका स्थित पुतली चोक, हरिवन बजार, लालबन्दी, हरिपुर र बरहथवा बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तानलाई झुटो वन मुद्दा लगाउने सरकारको तयारी विरुद्ध विरोध स्वरुप जुलुस निकालेको पार्टीले जनाएको छ । 

बागमती नगरपालिका स्थित पुतली चोक नजिकैबाट निस्किएको मसाल जुलुस इलाका प्रहरी कार्यालय कर्मैया पुगेर फेरी पुतली चोकमा पुरेर विसर्जन गरिएको थियो । हरिवन र लालबन्दीमा पनि पूर्व पश्चिम राजमार्गमा जुलुस निकालिएको हो । जुलुसमा सहभागीहरूले सरकार विरुद्ध नारावाजी समेत गरेका थिए । कानुनी राज्यको पक्षमा आफूहरू रहेको भएपनि राजनीतिक प्रतिशोध पूर्ण षड्यन्त्र सह्य नहुने पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले बताउनु भयो । 

पूर्व निर्धारित कार्यक्रम अन्तरगत शनिवार हजारौँको सङ्ख्यामा बागमती देखी फुलजोर पुल सम्म मोटरसाइकल र्‍याली गरी डिभिजन वन कार्यालयमा केहीबेर धर्ना समेत दिएको थियो । भोलि सोमबार दिउसो २ बजेबाट बागमती पुतली चोकमा जनसभा आयोजना गर्ने केन्द्रले जनाएको छ । भने, आफूहरूको न्यायोचित माग सम्बोधन नभए मङ्गलबारबाट अनिश्चतकालीन जिल्ला बन्द गरिने चेतावनी दिएको छ ।

बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तान विरुद्ध वन मुद्दा दायर गर्न लागेको भन्दै माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो । सरकारले राजनीतिक प्रतिशोधको आधारमा मेयर थापा र उपमेयर मोक्तानलाई झुटा वन मुद्दा लगाएर फसाउन खोजेको आरोप माओवादीले लगाएको छ ।

आइतबार सर्लाहीमा मोटरसाइकल र्याली सहित जिल्ला वन कार्यालय घेराउ गरेको माओवादीले भोलि मङ्गलबार राजमार्गमा चक्काजाम र जनसभा गर्ने तयारी गरेको छ । केन्द्रले यस पहिलानै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय सर्लाही, वन विकास परियोजना, मधेश प्रदेश सरकारका मुख्यमन्त्री र वन मन्त्रालयमा समेत विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ ।  

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles