Thursday, January 16, 2025

सुकुम्बासीको उठिवास लगाउन षड्यन्त्र भयो : माओवादी केन्द्र

ताजा / भरखरै प्राप्त

बागमती-भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जालझेल गरी फेरी उठिवास लगाउने प्रपञ्च गरेको भन्दै नेकपा माओवादी केन्द्र सर्लाहीले विरोध जनाएको छ ।

बिहीबार नेकपा माओवादी केन्द्र सर्लाहीले विज्ञप्ति मार्फत सरकारले जिल्लामा रहेका दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको उठिवास लगाउने योजना बनाएको जनाएको हो । बागमती नगरपालिकाका निलम्बित प्रमुख र उपप्रमुख लगायत अन्य व्यक्तिहरू माथि वन मुद्दा लगाएर फसाउने र नगरले व्यवस्थापन गरेका सम्पूर्ण दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पार्टीका जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘‘आदर्णिय सर्लाही जिल्लावासी जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, प्रबुद्ध वर्ग तथा पत्रकार साथीहरू सर्लाही जिल्लामा लामो समय देखी सार्वजनिक ऐलानी जग्गामा बसोवास गर्दै आएका  भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरुलाई घरबार विभिन्न बनाउने गम्भिर षड्यन्त्र सरकारले अगाडि बढाएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । 

बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा र उपप्रमुख लिला कुमारी मोक्तान लगायत व्यक्तिहरूलाई झुटा वन मुद्दामा फसाउने षड्यन्त्र र कपोलकल्पित वन क्षेत्रको आधारमा भूमिहीन, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाइ विस्थापित गर्ने योजनाले सरकारको नियत स्पष्ट देखिएको छ । 

हाम्रा पार्टीले यस प्रकारको झूटा मुद्दाहरू लगाई राजनीतिक रुपमा फसाउने र जनताहरूलाई अन्यायमा पार्ने कार्यको कडा निन्दा गर्दछ । नेपाली जनताको आधारभुत अधिकारमा हस्तक्षेप गर्न खोज्ने यो कदमलाई हाम्रो पार्टीले कदापी स्वीकार गर्न सक्दैन । यस प्रकारको गलत र अन्यायपूर्ण कदम विरुद्ध आवश्यक परे शक्तिशाली सङ्घर्ष गर्ने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउछौँ ।’’

सरकारको यो कदमबाट बागमती सहित जिल्लाका हरिवन, बरहथवा लगायत जिल्ला भरीका दलित सुकुम्बासी तथा भूमिहीन र अव्यवस्थित बसोबासीको फेरी उठिवास लाग्ने पक्का भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले दावी गरे । सङ्घ सरकारले स्थानीय सरकारको क्षेत्राधिकारमा रहेर गरिएको व्यवस्थापनको कामलाई समेत जालझेल पूर्ण तरिकाले मुद्दा बनाएर फसाउने योजना बनाउने कार्यलाई उनले राज्य आतङ्कको सन्ध्या दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles