राजु तामाङ, हरिवन–सोनाम ल्होछारको अवसरमा सर्लाहीको हरिवनमा देछेन थार्पालिङ गुम्बाको स्थापना गरिएको छ ।
शनिबार हरिवन नगरपालिका–१०, नयाँरोड स्थित बलटोलमा गुम्बाको स्थापना गरिएको हो । एक कार्यक्रमका बीच स्थानीय धार्मिक लामा गुरु दोर्जे मोक्तानले पूजापाठ गरी गुम्बा परिसरमा दज्र्यू, लुङ्ता फहराइ गुम्बा स्थापना गरेका व्यवस्थापन समितिका अध्यक्ष विष्णु डिम्डुङले जानकारी दिए । सोही अवसरमा गुम्बाको नामकरण तथा निर्माणाधीन गुम्बा परिसर सरसफाइ समेत गरिएको थियो ।
उक्त कार्यक्रममा निर्माण समिति परिवार स्थानीय बुद्धिजीवी, शिक्षक, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सोनाम ल्होछार सकिए लगत्तै गुम्बाको दर्ता प्रक्रिया सम्पन्न गरी प्रदेश सरकारबाट विनियोजित १५ लाख बजेटले गुम्बाको निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अगि बढाएको अध्यक्ष डिम्डुङले जानकारी दिए ।
बागमती नगरपालिका–१ र २ तथा हरिवन नगरपालिकाका ९ र १० का तामाङ समुदायको बस्तीलाई लक्षित गरी गुम्बा स्थापना गरिएको अध्यक्ष डिम्डुङले बताए । बागमतीको डाबारी, डुम्रीटोल, तीनघरे टोल, थिङटोल, डुमाजोर, आदर्शचौक, हिरहिरे डाँडा तथा हरिवनको नयाँरोड, सुकेपोखरी, इनारटोल राँगेटोल लगायतको बस्तीका ठुलो सङ्ख्यामा तामाङ समुदायको बसोवास रहेको छ ।