हरिवन– सर्लाहीको हरिवनमा रहको स्वर्गीय रोनिश कार्की स्मृति प्रतिष्ठानले एक विद्यालयका बालबालिकाहरूलाई ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरेको छ ।
प्रतिष्ठानले बुधबार हरिवन नगरपालिका–९, मा रहेको देउराली प्राथमिक विद्यालयका ४० जना बालबालिकालाई उक्त सामग्री वितरण गरेको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल) को प्रमुख आतिथ्यतामा बालबालिकाहरूलाई शैक्षिक सामाग्री र ट्रयाकसुट वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष बिनोद कार्कीको जानकारी दिए ।
सामाग्री वितरण कार्यक्रममा हरिवन–८, का वडाध्यक्ष प्रज्वल ढुङ्गाना र ९ का वडाध्यक्ष कोकिला नन्द उप्रेती, निवर्तमान वडाध्यक्ष यज्ञ विनोद ढुङ्गेल, महादेव जनता मावि हरिवनका प्रध्यानाध्यापक गिरिराज राणा, यसै विध्यालयका पूर्व प्रध्यानाध्यापक यमनाथ उप्रेती, विध्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी व्यक्तित्व, युवा व्यवसायी, शिक्षक लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक भरत कुमार कार्कीले जानकारी दिए ।
स्वर्गीय रोनिश कार्कीको २०७५ आषाढ १० गते एइइको रिजल्ट पछि सुकेपोखरी स्थित मन्दिर पुगेर फर्कने क्रममा दुर्घटनामा परी निधन भएको थियो । छोरा रोनिशकाे स्मृतिमा विगत देखी नै सामाजिक काम गर्दै आएको बुबा राजन कार्कीले बताए । छोराको स्मृतिमा विपन्न बालबालिकाहरूकाे अध्ययन अध्यापनमा थोरै भएपनि सहयोग पुगोस् भनेर कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।