Thursday, January 30, 2025

बरहथवामा अचेत फेला परेका पुरुषको मृत्यु

ताजा / भरखरै प्राप्त

बरहथवा–सर्लाहीको बरहथवामा अचेत फेला परेको एक वेवारिसे पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बुधबार बरहथवा नगरपालिका–८, टाँडीमा अन्दाजी ६५ वर्ष उमेरका पुरुष अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा प्राथमिक उपचार केन्द्र बरहथवामा मृत्यु भएको हो । टाँडी टोल क्षेत्रमा मागेर खाँदै हिड्ने उक्त पुरुष बिहान सोही स्थानमा रहेको दलित सामुदायिक प्राथमिक विद्यालयको बरण्डामा अचेत अवस्थामा फेला परेका थिए । 

स्थानीयले खवर गरेपछि पुगेको प्रहरी टोलीले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको हो । मृतकको शव जिल्ला सदरमुकाम मलङ्गवा स्थित प्रादेशिक अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको हो । मृतको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles